1. बिरामी भयो भने, कहाँ गए राम्रो होला ?

रुघा लाग्ने, पेट दुख्ने जस्ता साधारण लक्षण भएको बेला, नजिकैको क्लिनिकमा जानुहोस्।
गम्भीर रोग या लक्षण वा ठूलो चोटपटक लागेको बेलामा भने, कृपया अस्पताल जानुहोस्।

नजिकैको क्लिनिक

अस्पताल

रुघा लाग्ने, पेट दुख्ने जस्ता साधारण लक्षण

क्लिनिक/स्वास्थ्य चौकी

रिफर लेटर (चिठी)

गम्भीर रोग पत्ता लागेको बेला
शल्यक्रिया वा अस्पताल भर्ना हुन आवश्यक भएको बेला

गम्भीर रोग या लक्षण वा ठूलो चोटपटक

ठूलो अस्पताल (जेनेरल अस्पताल)

क्लिनिक र अस्पतालमा के फरक छ?

अस्पताल: भर्ना गर्ने वेड 20 वा सो भन्दा बढी भएको

क्लिनिक: भर्ना गर्ने वेड 19 वा सो भन्दा कम भएको

※200 वा सो भन्दा बढी बेडहरु भएको ठूलो अस्पतालमा जानका लागि यदि तपाईं संग 「रिफर लेटर (चिठी)」नभएको खण्डमा, उपचार खर्च बाहेक 1000 येन ~8000 येन जतिको थप शुल्क लाग्नेछ।

जचाउने जाने तरीका

जापानमा, जो कोहीले कुनै पनि क्लिनिक/अस्पतालमा उपचार गर्न सक्नु हुन्छ।

  1. आफ्नो लक्षणको पत्ता लगाउनुहोस।
  2. लक्षणसँग मेल खाने चिकित्सा विभाग भएको नजिकैको क्लिनिक/अस्पताल खोज्नुहोस्।
    • ※ आफ्नो क्षेत्र वा विषय बाहेकको बिरामी नहेर्ने क्लिनिक/अस्पतालहरु पनि छन्।
    (अफ्थमालोजी/नेत्र चिकित्सा (आँखाको रोग) , ओटोलरीङ्गोलोजी/नाक कान घाँटी चिकित्सा (कान या नाकका रोग), डेन्टिस्त्रि /दन्त चिकित्सा (दाँतका रोग), अर्थोपेडिक्स (चोट) , आदि।
    • 200 वा सो भन्दा बढी बेडहरु भएको ठूलो अस्पतालमा जानु हुँदा,「रिफर लेटर (चिठी)」भए राम्रो हुनेछ।
    • ※「रिफर लेटर (चिठी)」नबोकी ठूलो अस्पतालमा जानु भएको खण्डमा, उपचार खर्च बाहेक 1000 येन ~8000 येन जतिको थप शुल्क लाग्नेछ।
    • ※「रिफर लेटर (चिठी) 」आवश्यक भएमा, आफूले हाल जचाउँदै गरेको क्लिनिक/अस्पतालबाट पाउन सकिनेछ।
  3. क्लिनिक/अस्पतालमा जाँदाखेरी स्वास्थ्य बीमा कार्ड, नगद (करिब 10,000 येन), हाल खाई रहेको औषधि भएमा सो औषधि पनि सँगै लिएर जानुहोस्।
  4. रिसेप्शन काउन्टरमा आफ्नो लक्षणहरु बताउनुहोस्। तपाईंलाई स्वास्थ्य बीमा कार्ड देखाउन भनिनेछ , रिसेप्शन काउन्टरमा देखाउनुहोस्।
    • परिचय पत्र (जाइर्यू कार्ड वा राहदानी) देखाउनका लागि भन्न सकिनेछ ।
  5. तपाइँको पालो आएपछि बोलाइनेछ र स्वास्थ्य जाँच गरिनेछ।
    • ※रिजर्भेसन गर्न सकिने क्लिनिक या अस्पताल पनि हुन्छ। रिजर्भेसन गरेमा क्लिनिक/अस्पतालको पर्खाइको समय छोटो हुन्छ।
    • ※स्वास्थ्य उपचार सकेपछि पैसा तिरेको बिल या जाँचको रिपोर्टहरु नफालिकन सच्याएर राख्नुहोस्। अर्को पटक जचाउन जाने बेला आवश्यक पर्नसक्छ।
0टिप्पणी

मूल्यांकन