4. कम्पनीमा श्रमिक संघ भन्ने संगठन पनि छ भनि सुनेको थिएँ। आफु बिरामी या घाइते भएको खण्डमा, श्रमिक संघबाट कस्तो प्रकारको सहयोग समर्थन प्राप्त गर्न सक्छु होला ?

• श्रमिक संघले गर्दे काम को एक उदाहरण: यदि तपाईं बिरामी पर्नुभयो वा घाइते हुनुभयो र काम गर्न सक्नुभएन भने ,「काम गर्न सक्दैन भने कम्पनी छोडेर जाउ 」जस्ता कुरा भनियो भने श्रमिक संघले कम्पनीसँग वार्ता गर्नेछ। त्यस बाहेक, तलबको भुक्तानीमा समस्या भएमा, काम छोड्न बाध्य बनाएको अवस्थामा या पावा हारा (पावर हरासमेन्ट) , सेकुहारा (सेक्सुअल हरासमेन्ट) आदिको बारेमा पनि परामर्श गर्न सकिन्छ ।
• श्रमिक संघमा, जुन देशको नागरिक भएपनि, जुन धर्म मान्ने व्यक्ति भएपनि, पुरुष या महिला जो भएपनि, त्यस बाहेकका अन्य कुनै कुराहरु अरु व्यक्ति भन्दा फरक भएतापनि, जो कोहि पनि प्रवेश गर्न सक्नु हुन्छ।

जापानी भाषामा विस्तृत जानकारी

प्राविधिक प्रशिक्षणहरूबाट दैनिक रूपमा परामर्शहरु संकलन गरि, समस्याको समाधानको लागि जुटिरहेका देशका विभिन्न भागका व्यक्तिगत/संस्थाहरू मिलेर बनेको नेटवर्क

थप जानकारी

कोलम : मौसम परिवर्तन हुने समयमा होश पुर्याउनु पर्ने कुरा

जापानमा :「वसन्त」「ग्रीष्म」「शरद」「हिउँद」गरि 4 ऋतुहरु छन्। मौसम परिवर्तन हुन लाग्ने बेला, तापक्रम या आर्द्रता अचानक थपघट भएर, बिरामी हुन सक्ने हुनाले आफ्नो स्वास्थ्यको ख्याल राख्नु होस्।
जापानमा वसन्त ऋतु न्यानो र आरामदायी मौसम हो।.विद्यालय भर्ना/नयाँ जीवनको सुरुवात हुने समय भएकोले वसन्तलाई 「भेटघाटको मौसम」पनि भनिन्छ। चेरी (साकुरा) फूलहरू हेरेर खाँदै ,पिउँदै रमाइलो गर्ने 「हानामी ( फूल फुलेको हेर्दै रमाउने) 」गरिन्छ।
जापानको ग्रीष्म, वर्ष भरिमा सबैभन्दा गर्मी हुने मौसम हो। जुन महिना ~ जुलाई महिनाको मध्य सम्म वर्षायाम हुन्छ। वर्षायाममा पानीले गर्दा च्याप च्याप (जापानी भाषामा "जिमेजिमे") हुने गर्छ। घाम लाग्ने दिन त्यति हुन्दैन। वर्षायाम सकिएपछि तापक्रम एकै चोटी बढ्छ र साँचैको गर्मी मौसम सुरु हुन्छ । जापानको विभिन्न ठाउँहरुमा समर फेस्टिबल (चाडपर्व) र आतिशबाजी(फायर वर्क्स ) को आयोजनाहरु गरिन्छ। गर्मी धेरै हुने बेला एयर कन्डिसनर या फ्यान आदि प्रयोग गरि कोठा भित्रको तापक्रम नियन्त्रण गरि, आवश्यकता अनुसार पानी पिउनु धेरै महत्त्वपूर्ण छ ।
जापानमा शरद ऋतु रमाइलो आरामदायी मौसम हो। यो शरद ऋतुको रंगहरू कोउयोको लागि प्रसिद्ध छ, जब जिङ्को र मेपल रूखका पातहरू रातो र सुनौलो हुन्छन्। पम्पासको घाँस ( सुसुकि ) र सानो गोलो मिठाई (दाङ्गो)लाई सजाई चन्द्रमा हेर्ने कार्यक्रम (ओचुकिमि) आयोजना गरिन्छ ।
जापानमा जाडो मौसम, निकै चिसो हुने मौसम हो। जनवरी~फेब्रुअरी सम्म माइनस डिग्री सम्म तल जाने क्षेत्रहरु पनि छन् । होक्काइडो या तोहोकु, जापान सागर (निहोनखाइ )को क्षेत्रहरूमा ब्यापक हिमपात भएर हिउँ जम्मा हुने दिनहरु पनि हुन्छन । जाडो बेलामा , मोजा , ​​बाक्लो लुगाहरु आदी जस्ता लुगाहरु मिलाएर लगाउनु आवश्यक हुन्छ। साथै हीटर आदि प्रयोग गरेर घर भित्रको तापक्रम नियन्त्रण गर्नुहोस्। वर्षको पहिलो दिन, नयाँ वर्षको दिन, जाडोमा पर्छ, र मानिसहरूले ओसेची र्योरी भनिने भव्य खानाको परिकार साथ नयाँ वर्ष मनाएको देख्न सकिन्छ। मौसम परिवर्तनको समयमा सजिलै अचानक बिरामी पर्ने सम्भावना भएकोले , आफ्नो स्वास्थ्यको ख्याल राख्नु भई, पर्याप्त समय सुत्ने गर्नुहोस्।
0टिप्पणी

मूल्यांकन