3. अहिले मलाई बच्चा जन्माउने इच्छा छैन। के गरे हुन्छ होला?

• अहिले बच्चा जन्माउने इच्छा छैन भने, गर्भनिरोधक प्रयोग गरौं।
•जापानमा, महिलाले मात्र प्रयोग गर्ने गर्भनिरोधकहरु कम छन् । पुरुषको सहयोग धेरै महत्त्वपूर्ण हुन्छ। पुरुषले पनि जिम्मेवारी लिएर सँगै सोच्ने गर्नुहोस्।
• 「सुरक्षित दिन」( गर्भनिरोधक प्रयोग नगरे पनि गर्भवती नहुने दिन) भन्ने हुँदैन। महिनावारी हुने महिलाहरु जुनसुकै बेलामा पनि गर्भवती हुन सक्छन्।

जापानमा प्रयोग गरिने गर्भनिरोधकहरु के के छन् ?
कहाँ उपलब्ध हुन्छ?यसको मूल्य कति पर्छ?
पुरुषहरुको लागि कण्डम
१०० येन सप (पसल) या कम्बिनियन्स स्टोर, ड्रग स्टोर (औषधि पसल)। जाईरयू कार्ड जस्ता ID नदेखाए पनि किन्न सक्नुहुन्छ।
१ वटाको ५० येन〜१०० येन। अनलाइन सपमा १०० वटाको १५०० येन (१ वटाको १० येन जति) मा पनि किन्न पाइन्छ ।
खाने गर्भनिरोधक औषधि (OC)
प्रसूति तथा स्त्री रोग चिकित्सा विभाग ।डाक्टरलाई देखाउनु भएपछि, प्रिस्क्रिप्शन प्राप्त गर्नुहोस्।
पहिलो चोटीमा, डाक्टरको जाँच, रगतको जाँच, प्रिस्क्रिप्शन आदि गरेर लगभग 1मान(10,000) येन जति पर्दछ। दोस्रो चोटी देखि, १महिनाको औषधिलाई लगभग २०००येन〜३००० येन जति स्वास्थ्य बीमाको प्रयोग गर्न सकिने छैन।
पाठेघरभित्र हाल्ने (इन्ट्रायूटरिन )गर्भनिरोधक उपकरण (IUS/IUD)
प्रसूति तथा स्त्री रोग चिकित्सा विभाग डाक्टरलाई जाँच गराई , राख्न सक्नु हुनेछ। लगाउनु अघि परिक्षणको आवश्यक पर्दछ। भित्र राखी सकेपछि पनि नियमित रुपमा जाँच गरिनेछ।
लगभग ४ मान येन। एक पटक राखी सकेपछि, ३〜५ वर्ष सम्म प्रभावकारी हुनेछ। स्वास्थ्य बीमाको प्रयोग गर्न मिल्दैन।
यद्यपि, महिनावारीको दुखाइ धेरै हुने व्यक्तिलाई, दुखाई कम गर्नको लागि उपचार रुपमा राख्न सकिन्छ।
यस्तो अवस्थामा, स्वास्थ्य बीमाको प्रयोग गर्न सक्नु हुन्छ र लगभग १२ हजार येन जतिमा गर्न सकिन्छ।
आकस्मिक गर्भनिरोधक औषधि (मर्निङ्ग आफ्टर पिल )
स्त्री रोग चिकित्सा विभागको जाँच र प्रिस्क्रिप्शनको आवश्यक पर्दछ।
¥१०,००० वा सोभन्दा बढी स्वास्थ्य बीमाले कभर गर्दैन।
सन्दर्भ: प्रसूति तथा स्त्री रोग अभ्यास दिशानिर्देशहरू - प्रसूति तथा स्त्री रोग बाह्य रोगी संस्करण २०२०, जापान प्रसूति तथा स्त्री रोग समाज
जापानमा उपलब्ध नभएका गर्भनिरोधकहरू

बिस्तृत जानकारीको लागि !

जापानमा गर्भवती (गर्भधारण) वेब साइत कुमुस्टाका गाइकोकूजीन टोमोनी इकिरु खाई

बिस्तृत जानकारीको लागि ! कोलम : जापानमा औषधि ल्याउने बारेमा

•एक महिनाभन्दा बढी समयको लागि औषधि ल्याउँदै हुनुहुन्छ भने, तपाईंले केही निश्चित प्रक्रिया पूरा गर्न आवश्यक पर्नेछ। 「आयात पुष्टिकरण आवेदन फारम」डाक्टरको प्रिस्क्रिप्शन, मेडिकल प्रमाणपत्र, र औषधिको उत्पादन विवरण सहित भन्सारमा बुझाउनुहोस्। विदेशबाट ल्याएको औषधि कसैलाई दिनुभयो वा बेच्नुभयो भने, 「औषधि तथा चिकित्सा उपकरण ऐनको उल्लङ्घन 」मानिनेछ, र तपाईंलाई एक देखि दुई वर्ष जेल वा देश देखि बीस लाख येन जरिवाना हुनेछ। बिल्कुलै नगर्नुहोस्।.
• आयात पुष्टिकरण प्रमाणपत्र प्रक्रियाहरू: भन्सार प्रक्रियाहरूमा लगभग दुई हप्ता लाग्छ। औषधि आदिको व्यक्तिगत आयात सम्बन्धि (जापानी भाषा)

 
0टिप्पणी

मूल्यांकन