4. म काम गरिरहेको ठाउँको वातावरण (काम गर्ने अवस्था) कठोर छ (गन्धित, अँध्यारो, साँघुरो, कोलाहलपूर्ण, तातो, चिसो, साँघुरो स्थिति, असुरक्षित)। के कसो गरे उचित होला ?

• कम्पनीको सिनियर या 「स्वास्थ्य प्रबन्धक」वा「सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धक」 हरुसँग परामर्श गर्नुहोस्। 「स्वास्थ्य प्रबन्धक」वा「सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धक」हरु कार्यस्थलको वातावरण सुधार गर्नको लागि कम्पनीमा काम गर्दछन।
• यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्। साथै, जापानी भाषा बोल्न जानेको विश्वासिलो व्यक्तिलाई अनुरोध गरि「श्रम मापदण्ड निरीक्षण कार्यालय」*1 मा परामर्श लिने गर्नुहोस्।
• *1 श्रम मापदण्ड निरीक्षण कार्यालय : कर्मचारीहरु स्वस्थ साथ ढुक्क भई काम गर्न सकुन भनि, कम्पनीले कानूनको पालना गरिरहेको छ कि छैन भनि निगरानी गर्ने सरकारी कार्यालय हो।तलको QR कोडबाट (स्क्यान गरि), आफु बस्ने क्षेत्रको श्रम मापदण्ड निरीक्षण कार्यालय खोज्न सक्नुहुन्छ। जापानी भाषा बुझ्ने व्यक्ति वा आफ्नो वरिपरिका जापानी व्यक्तिलाई सोधेर हेर्नुहोस्।

0टिप्पणी

मूल्यांकन