•तपाईंलाई मन पर्ने व्यक्तिलाई कुनै रोग लागेको छ भन्ने सोच्न मन नलाग्न सक्छ, तर आफू संक्रमित हुन वा आफ्नो जीवनसाथीलाई संक्रमण हुनबाट जोगाउन, सधैं यौन सम्पर्क गर्दा कण्डम प्रयोग गर्नुहोस्।
• कन्डम प्रयोग गर्नु अतिरिक्त, यौन संक्रमण रोग(STI) बाट बच्ने अन्य उपायहरूमा केवल एक मात्र व्यक्तिको साथ यौन सम्बन्ध राख्नु र प्रत्यक्ष मुख मैथुन (oral sex) नगर्ने ।
• आफुले चालनभए पनि यौन संक्रामक रोग लागिसकेको हुन सक्छ। पहिलो पटक यौन सम्पर्क गर्दा पहिले, तपाईं र तपाईंको पार्टनर दुवैले यौन संक्रमण रोग (STI) को परीक्षण गर्दा, नजानीकन आफ्नो प्रेमी/प्रेमिकालाई संक्रमित गर्न बाट जोगिन्छ र यदि आफुलाई कुनै संक्रमण छ भने यसको उपचार पनि गर्न सक्नुहुन्छ।
• ध्यान गर्नुहोला गर्भनिरोधक चक्की (pill) केवल गर्भ रोक्नका लागि हो, यसले यौन संक्रमण रोग (STI) बाट सुरक्षा प्रदान गर्दैन।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
• पाठेघरको मुखको क्यान्सर भन्नाले पाठेघरको प्रवेशद्वार (पाठेघरको मुख) नजिक हुने एक प्रकारको क्यान्सर हो।
• यो ह्युमन प्यापिलोमा भाइरस (HPV) नामक भाइरसको संक्रमणको कारणबाट हुन्छ।
• पाठेघरको मुखको क्यान्सर भनेको जो कोही महिलाहरूलाई हुनसक्ने रोग हो। यो भाइरस, मुख्यतया सेक्स (यौन सम्पर्क) मार्फत सर्दछ। यो निकै सामान्य भाइरस हो। यौन सम्बन्धको अनुभव भएकी महिला, जो कसैलाई पनि १ चोटी त यो भाइरसबाट संक्रमित हुन्छ भनेर भनिन्छ ।
• भाइरसको संक्रमणपछि क्यान्सर विकास हुन धेरै वर्ष लाग्छ।यो भाइरस लामो समयसम्म पाठेघरको मुखमा बस्छ र बिस्तारै त्यो भागलाई क्यान्सरमा परिणत गर्दै लान्छ। क्यान्सर हुनु अघि वा क्यान्सर हुने बित्तिकै भने आफुले पनि चाल पाउन्दैन।
•पाठेघरको मुखको क्यान्सरबाट बच्ने दुई तरिकाहरू छन्। ①HPV विरुद्ध खोप लगाउनुहोस्: पाठेघरको प्रवेशद्वारमा HPV लाई बस्नबाट रोक्नको लागि दिइने खोप छ। यो भ्याक्सिन, पहिलो पटक सेक्स गर्नु अघि, अर्थात भाइरस तपाईको शरीरमा प्रवेश गर्नु अघि दिइन्छ। यद्यपि, भ्याक्सिनले 100% रोकथाम गर्छ भनेर भन्न सकिन्दैन। भ्याक्सिन लगाएपछि पनि नियमित रुपमा परीक्षण गराउनु आवश्यक छ।
• ② नियमित रूपमा परीक्षण गराउनुहोस् (पाठेघरको क्यान्सरको जाँच): भ्याक्सिन लगाउनु भन्दा पहिले नै यौन सम्पर्कको अनुभव गरिसक्नु भएको भए पनि, नियमित रुपमा पाठेघरको मुखको परिक्षण गराई राख्नु भएको खण्डमा, क्यान्सर या क्यान्सर बन्न लागेको भाग चाँडै पत्ता लगाई, राम्रो उपचार गर्नुभयो भने, सम्भवत 100% निको हुन्छ।
• नियमित रुपमा डाक्टरलाई पाठेघरको मुखको परिक्षण गराउनेलाई「पाठेघरको मुखको क्यान्सर जाँच」भनिन्छ। जापानमा, आफू बस्ने नगर/गाउँ पालिकाद्वारा पाठेघरको मुखको क्यान्सर जाँच गरिन्छ। निःशुल्क वा थोरै शुल्कमा (लगभग ¥500) उपलब्ध गराइन्छ। 20वर्ष भन्दा माथिका महिलाहरूको लागि प्रत्येक दुई वर्षमा एक पटक गरिन्छ ।

पाठेघर मुखको क्यान्सरको जाँच कहिले गर्ने , कसरी आवेदन दिने आदि कुरा, नगर/गाउँ पालिकाद्वारा तोकिएको हुन्छ। आफु बस्ने नगर/गाउँ पालिका वा स्वास्थ्य केन्द्र / सेन्टरमा सोधपुछ गर्नुहोस्।







के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
30 मूल्यांकन
13 मूल्यांकन
17 मूल्यांकन
