1. कसरी स्वास्थ्य बीमामा प्रवेश गर्न सकिन्छ?

कम्पनीको स्वास्थ्य बीमा

• काम गर्ने कम्पनीमा आवेदन दिनुहोस्।
• मासिक भुक्तान गर्ने बीमा रकम कम्पनीले आधा र तपाइँले आधा तिर्नु पर्नेछ।
• तपाइँले तिर्नु पर्ने बीमा रकम तपाईंको तलब बाट कटौती गरिनेछ।
* यदि तपाईंले कम्पनी छोड्नु भयो भने, कम्पनीको स्वास्थ्य बीमा कार्ड प्रयोग गर्न सक्नु हुने छैन।
* तपाईंले आफ्नो कम्पनी छोड्नु भयो भने पनि, यदि तपाईंसँग निवासी कार्ड (ज्युमिन्ह्यो ) छ भने तपाईंले राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश गर्न सक्नुहुन्छ।

राष्ट्रिय स्वास्थ्य बीमा

• आफु बसि राखेको ठाउँको नगरपालिकामा आवेदन दिनुहोस्।
• बसाई सराई गर्दा वा नयाँ काम सुरु गर्दा, वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
• मासिक भुक्तानी गर्ने बीमा रकम तपाईंको परिवारको संख्या या कुल आम्दानी अनुसार फरक हुनेछ।
• यदि कुनै विशेष कारणवश बीमा शुल्क कम गर्न चाहनुहुन्छ भने, कृपया वडा कार्यालयमा परामर्श गर्नुहोस्।

0टिप्पणी

मूल्यांकन