5. मन र शरीर थकित हुँदा कस्ता लक्षणहरू देखा पर्दछन्?

जब तपाईं मानसिक र शारीरिक रूपमा थकित हुनुहुन्छ, तपाईंले निम्न लक्षणहरू अनुभव गर्न सक्नुहुन्छ, जसलाई “तनाव प्रतिक्रिया" भनिन्छ:
शारीरिक: टाउको दुख्ने, पेट दुख्ने, भोक नलाग्ने, कब्जियत वा पखाला हुने, निंद्रा नलाग्ने.
मानसिक: उदास हुने, केही गर्न मन नलाग्ने, सजिलै चिडचिडा हुने
व्यवहार: धेरै खाने, धेरै रक्सी पिउने, धेरै किनमेल गर्ने , समयमा नपुग्ने।
अनुभूति: खराब कुराको बारेमा मात्र सोच्ने, आफ्नो वरपरका मानिसहरूलाई शत्रुको रूपमा हेर्ने, उत्पीडन भइरहेको जस्तो महसुस गर्ने
यस्तो अवस्था जारी रह्यो भने बिरामी हुन पनि सक्नुहुन्छ।

बिस्तृत जानकारीको लागि !

0टिप्पणी

मूल्यांकन