3. 「गर्भवती भएमा, कामबाट राजीनामा दिन्छु / स्वदेश फर्कन्छु」जस्ता वाचा गराईने वा लेख्ने प्रथा जापानमा सामान्य हो? यदि मैले हस्ताक्षर गरिनँ भने के हुनेछ?

• यस्तो किसिमको वाचा जापानमा निषेधित छ। जापान आउनु अघि वा जापान आएपछिपनि “गर्भवती भएमा राजीनामा दिन्छु वा आफ्नै देश फर्किन्छु" भनेर वाचा गर्न वा कागजमा हस्ताक्षर गर्न भनिएको छ भने, उनीहरूलाई “म यसमा हस्ताक्षर गर्दिन, यसो गर्नु जरुरी छै"भन्नुहोस्।
• जापानी कानुन अनुसार, गर्भवती महिलालाई सुरक्षा प्रदान गर्ने प्रणालीहरू छन्। प्राविधिक प्रशिक्षार्थीहरूलाई पनि यस प्रणालीबाट सुरक्षित गरिएको छ।
• प्रसूति तथा स्त्रीरोग (OB-GYN) विभागमा जाँच गराउन वा गर्भावस्थाका कारण अस्वस्थ महसुस भएमा कामबाट बिदा लिन अनुमति दिइन्छ।
• कम्पनीमा परामर्श गरेपनि नमानेको खण्डमा,「तोड़ोफूकेन रोदोक्योकु कोयोउ खान्क्यो /कीन्तो बु (प्रिफेक्चरल लेबर ब्यूरो (श्रम विभाग) रोजगार वातावरण・समान अवसर विभाग )」मा पनि परामर्श गर्न सक्नुहुन्छ।

【यौन संक्रामक रोग (STI) सम्बन्धी जानकारी】

0टिप्पणी

मूल्यांकन