2. मलाई क्षयरोग लागेको छ भनेर पुष्टी भएपछी के-के हुन्छ त ?

• क्षयरोग औषधीले निको हुने रोग हो । उपचारको समय सामन्यतय ६ महिना हो, तर त्योभन्दा लामो समय पनि लाग्न सक्छ । यदि तपाईंको फोक्सोको क्षयरोगले अरुलाई संक्रमण गर्ने संभावना बढी छ भने, तपाईंलाई केही समयको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ।
उपचार खर्च सार्वजनिक कोषबाट बेहोरिन्छ।
• अस्पतालमा डाक्टरहरुले दिएका निर्देशन सबै अवश्य पालना गर्नुहोला ।
यदी तपाईंको रोगका लक्षण त्यती नराम्रा भैसकेका छैनन भने तपाईंले अस्पतालमा भर्ना नभई ओ पि डि बाटै उपचार पाउन हुन सक्नुहुनेछ । उपचार सुरु भैसकेपछी सधैको जस्तो काममा पनि जान सक्नुहुनेछ ।
रोग लाग्दैमा नेपाल फर्किन नै पर्छ भन्ने छैन ।
क्षयरोग बारे थप जान्नुहोस्!
क्षयरोग लागे पनि कुनै लक्षण नदेखिने अवस्थाहरू पनि छन्। साथै, औषधि खाएर लक्षणहरू नदेखिएको भनेको , निको भएको होइन । यदि तपाईंले क्षयरोगको उपचार बीचैमा बन्द गर्नुभयो भने, तपाईंलाई औषधिले निको नहुने क्षयरोग (औषधि प्रतिरोधी क्षयरोग भनिन्छ) हुन सक्छ।त्यसैले औषधि खान सुरु गरेपछि, निको भएको पुष्टि नभएसम्म तपाईंले हरेक दिन औषधि सेवन गरिरहनुपर्छ।
कहिलेकाहीँ लक्षण देखिनु वा बिरामी हुनुभन्दा पहिले नै क्षयरोगको संक्रमणको निदान गर्न सकिन्छ (जसलाई लेटेन्ट/सुषुप्त क्षयरोग संक्रमण भनिन्छ), र यस्तो अवस्थामा औषधि सेवन गर्नाले लक्षण देखिनु वा बिरामी हुनुबाट जोगिन सकिन्छ ।

फोक्सोको क्षयरोगले गम्भीर भएको अवस्थामा अरुलाई पनि सर्न सक्छ । तर सामान्यतय उपचार सुरु गरेको २ हप्तापछी भने यो रोग अरुलाई सर्ने गर्दैन ।
क्षयरोगका अरु प्रकारहरु पनि हुन्छन । निष्कृय क्षयरोगमा बहिरबाट कुनैपनी लक्षण देखिंदैन तर अरुलाई सर्ने सम्भावना भने हुन्छ ।

क्षयरोग सही औषधी उपचारले निको हुने रोग हो । सही उपचार पाउँदै गर्नुभएको छ भने क्षयरोगका किटाणु जीउबाट बहिर आउन सक्दैनन र धेरैजसो खण्डमा कसैलाई पनि रोग नसारिकन काम जारी राख्न सक्नुहुन्छ । साथै, सार्वजनिक कार्यालयले क्षयरोग लागेको पत्ता लागेका व्यक्तिहरूको नजिकको सम्पर्कको अनुसन्धान गर्नेछ, त्यसैले कृपया यी अनुसन्धानहरूमा सहयोग गर्नुहोस्।

[परामर्श सेवाका सुचि]

【क्षयरोग】

कोउएकि जाइडान होउजिन केक्खाकु केन्क्यूज्यो टाईसाकु सिएनबु गाइकोकूजिन देनवा सोउदान (क्षयरोग अनुसन्धान संस्थान काउन्टरमेजर सहायता विभाग विदेशीहरूको लागि टेलिफोन परामर्श)

* कार्यक्रम सहयोग विभाग, क्षयरोग अनुसन्धान संस्थान

03-3292-1219 (consultation in Vietnamese)
03-3292-1219 (consultation in Vietnamese)
माथी उल्लेख गरिएका दुबै परामर्श सेवा निशुल्क हुन र तपाईंसँग भएको कुराकानी सबै गोप्य रखिने छ ।

थप जान्कारी पाउनुहोस ।

0टिप्पणी

मूल्यांकन