1. यदि म बिरामी भएँ र कामबाट बिदा लिन चाहें भने के गर्नुपर्छ?

  1. कृपया कम्पनीको सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नुहोस्।
    • ※क्लिनिक/अस्पतालमा जचाउन जान या आराम आदिको लागी काममा बिदा लिन सक्नु हुन्छ। बिदा (तलब पाउने बिदा) लिन पाउनु काम गर्ने व्यक्तिको अधिकार हो।
    • ※काम गर्ने व्यक्ति बिरामी भएको बेला, कुनै निश्चित अवधिको लागि बिदा दिनु पर्ने कुरा कम्पनीको जिम्मेवारी हो। यसलाई बिरामी बिदा भनिन्छ। बिरामी बिदा लिनको लागि चिकित्सा जाँचको रिपोर्ट(Medical Certificate) को आवश्यक पर्न सक्छ, त्यसैले यसबारे आफ्नो कम्पनीसँग सल्लाह लिनुहोस्।
    • ※ कम्पनीमा सम्पर्क नगरीकन बिदा लिनु भयो भने, 「अनुमति बिनाको बिदा」को रुपमा मानिनेछ। जसले गर्दा आफ्नो जागीर जोगाउन गाह्रो हुन पनि सक्नेछ।बिरामीको भएर काममा बिदा लिने बेलामा कम्पनीका सम्बन्धित व्यक्तिलाई साँचो कुरा भन्नुहोस्।
  2. क्लिनिक/अस्पतालमा जानुहोस्
  3. बिरामीको कारण काममा बिदा लिनुभएको प्रमाण चाहिएको खण्डमा , क्लिनिक/ अस्पतालबाटचिकित्सा जाँचको रिपोर्ट(Medical Certificate) को आवश्यक पर्न सक्छ।
    • ※यस्ता कागजातहरु बनाउनको लागि 3,000येन देखि 5,000येन जति लाग्न सक्छ।
0टिप्पणी

मूल्यांकन