1. भुक्तानी गर्न्नु पर्ने रकम धेरै महँगो भएमा, सस्तो गर्न मिल्ने कुनै उपाय छ की ?

हो, छ।

  1. (आफुले तिर्नुपर्ने अधिकतम् रकम ) नागेको खण्डमा, तत्काल भुक्तानी गरेतापनि 3 महिना जति पछि फिर्ता गरिनेछ 「उच्च शुल्क चिकित्सा खर्च」(चित्रको हरियो भाग) । फिर्ता पाउनु हुने रकम सो व्यक्तिको कुल आम्दानी र उमेर अनुसार फरक हुनेछ।
  2. तपाईंले क्लिनिक/अस्पतालमा तिर्नु पर्ने रकम (30%) धेरै महँगो हुने कुरा पहिले नै थाहा भएमा, आफुले तिर्नुपर्ने अधिकतम् रकम(चित्रमा भएको सुन्तला रङ्गको भाग) मात्र भुक्तानी गर्ने तरीका छ। क्लिनिक/अस्पतालको काउन्टरमा
    「तिर्नुपर्ने अधिकतम् रकमको प्रमाणपत्र」
    पेश गरि, चित्रमा रहेको हरियो भागलाई कम गराउन सकिन्छ।
    तिर्नुपर्ने अधिकतम् रकमको प्रमाणपत्रको लागि कम्पनीको स्वास्थ्य बीमा भएकाले काम गर्ने कम्पनीमा, राष्ट्रिय स्वास्थ्य बीमा भएका व्यक्तिले वडा कार्यालयमा भन्नु होस्।

※आफु एक्लैले प्रक्रिया गर्न गार्हो हुन सक्छ। त्यसैले अस्पतालको सामाजिक कार्यकर्तासँग परामर्श गर्नुहोस्।अथवा, आफ्नो वरिपरि रहेका जापानी वा विदेशीहरूसँग परामर्श गरेर हेर्नुहोस्।
अध्याय 0 मा रहेको 【परामर्श केन्द्र सूची 】 मा सूचीबद्ध कार्यालयहरू मार्फत पनि सहयोग प्राप्त गर्न सक्नुहुन्छ।

0टिप्पणी

मूल्यांकन