• काम गर्नु अघि वा काम गर्ने बेलामा रक्सी खाँदा खतरनाक हुने भएकोले नखानु होस् । मेसिन चलाउँदा गल्ती भई, आफू र आफू वरपरका मानिसहरूलाई खतरा हुन सक्ने संभावना हुन्छ। साथै, रक्सी खाई सकेपछि आत्मविश्वास बढी हुन्छ र सामान्यतया नभन्ने कुराहरु पनि बोलिदिने गर्छ । जसले गर्दा तपाइँको वरपरका मानिसहरूलाई नराम्रो महसुस हुन्छ र पछि आफूलाई समस्यामा पर्छ।
• जापानमा उमेर 20 वर्ष नपुगुन्जेल सम्म कुनै पनि प्रकारको मदिरा सेवन गर्नु गैरकानुनी मानिन्छ । साथै, तपाइँले थोरै मात्र रक्सी खाएको छ भने पनि कुनै प्रकारको सवारी साधन चलाउन सक्नुहुन्न। मदिरा सेवन गरेर साइकल चलाउनु पनि कानुन विपरीत हो ।
• मदिरा सेवन गरेको व्यक्तिलाई कार भांडामा दिने, सवारी चलाउने कुरा थाहा पाए पनि सो व्यक्तिलाई मदिरा खुवाउने र मदिरा सेवन गरेको व्यक्तिले चलाएको गाडीमा संगै चढ्नु पनि कानुनले निषेध गरेको छ। मदिरा सेवन गरी ड्राइभ गर्नु भयो भने, तपाइँको ड्राइभिङ्ग लाइसेन्स रद्द हुनुको साथै कम्पनीबाट पनि निष्कासित (Fired) हुन सक्नुहुन्छ।
• अत्याधिक रक्सी पिउनाले ,शरीर र दिमाग दुबैमा नकारात्मक असर पार्छ ।+F169 मदिरासँग जिम्मेवारीपूर्वक व्यवहार गर्नुहोस्।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
71 मूल्यांकन
36 मूल्यांकन
35 मूल्यांकन
