4. स्वास्थ्य परिक्षण हुन्छ भनि सुनेको थिएँ। के को लागि गर्ने हो, के कसरी गर्छ होला ?

• तपाईं कम्पनीमा सधैं स्वस्थ भई काम गर्न सकोस् भनि गरिने कुरा हो। आफुले चालै (थाहा) नपाउने गरी केही रोग लागि सकेको छ की छैन भनि रगतको नमूनाहरू लिइ जाँच गरिन्छ। रोग सुरुमै पत्ता लागेमा चाँडै उपचार सुरु गर्न सकिन्छ , जसले गर्दा तपाईं जापानमा लगातार अन्तसम्म स्वस्थ भई काम गर्न सक्नुहुन्छ। यो कानून द्वारा तोकिएको कुरा भएकोले, अनिवार्य रुपमा गर्नुहोस्।
• केही गरी स्वास्थ्य परिक्षण गराउन नसकिने अवस्थामा, सर्वप्रथम कम्पनीमा सोध्नुहोस् । यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4-12.मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।

अंग्रेजीमा सल्लाह खोज्नुहोस्

*प्राविधिक इन्टर्न तालिमको लागि संगठन (OTIT) मातृभाषा परामर्श केन्द्र (अंग्रेजी पृष्ठ)मातृभाषा परामर्श केन्द्र (अंग्रेजी पृष्ठ) प्राविधिक इन्टर्न तालिम, जापानमा जीवन, आदि।अंग्रेजी: ०१२०-२५०-१४७  (अंग्रेजी) मंगलबार र बिहीबार ११:०० - १९:००, शनिबार ९:०० - १७:०० Email: support-soudan@ otit.go.jp
0टिप्पणी

मूल्यांकन