1. राम्रोसँग जापानी भाषा बोल्न नसक्ने भएकोले, क्लिनिक/अस्पतालमा जाने बेला भाषाको बारेमा चिन्तित छु।

  1. जापानी भाषा अलि अलि बुझ्नुहुन्छ भने, मोट्टो खान्तानना निहोनगो दे युक्कुरी ओनेगाई सीमास (कृपया सरल जापानी भाषामा बिस्तारै बोल्नुहोस्)」 भनेर भन्नुहोस्।
  2. दोभाषे/अनुवादकको व्यवस्था छ कि छैन? अनुवादकको पैसा लाग्छ कि लाग्दैन? जस्ता कुराहरु अस्पताल जानु अघिनै सोध्नुहोस्।
    ※ केहि ठूला अस्पतालहरूमा 「दोभाषे/अनुवादक」हुन्छ।
  3. यद्यपि, त्यस्ता सेवा भएको अस्पतालहरू धेरै छैनन् ।साथै दोभाषे/अनुवादकको लागि प्राय थप पैसा लाग्ने गर्छ। केही अन्तर्राष्ट्रिय संघहरू, विदेशी नागरिक परामर्श केन्द्रहरू, र NPOs ले फोनद्वारा वा प्रत्यक्ष रूपमा अनुवाद सेवा दिन सक्छन्।

[【परामर्श केन्द्र सूची】]
अध्याय 0 को 【परामर्श केन्द्र सूची】मा भएको परामर्श केन्द्रबाट पनि परामर्श लिन सक्नुहुन्छ।

0टिप्पणी

मूल्यांकन