• सबै भन्दा पहिले, यदि तपाईंको कम्पनीको परामर्श केन्द्रको व्यक्ति वा नजिकै सल्लाह गर्न मिल्ने कोही छ भने मद्दतको लागि सोध्नुहोस्। जापानी भाषा बुझ्ने व्यक्तिलाई नजिकैको परामर्श केन्द्र खोजी दिन भन्नुहोस्।.
• यदि उसले आत्महत्या गर्न खोजेको छ, आक्रोशित छ, सामान तोडफोड गरिरहेका छन्, वा अरूलाई चोट पुर्याउँछ भने, पुलिसलाई फोन गर्नुहोस्।
•
मनोरोग चिकित्सक वा मनोचिकित्सकलाई जचाउनको लागी (कृपया ➡5-8. हेर्नुहोस्।).
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
तपाईंको मानसिक अवस्था अहिले कस्तो छ?
निम्न १५ प्रश्नहरूको उत्तर दिनुहोस्। तपाईंले कति प्रश्नहरूको उत्तर मा दिनुभयो? “हो" to?
| हो | ||
|---|---|---|
| 1 | के तपाईं कहिलेकाहीँ राम्रो सुत्न सक्नुहुन्न वा सुतिसकेपछि पनि थकित महसुस गर्नुहुन्छ? | |
| 2 | के तपाईंले कहिल्यै आफूलाई अत्यन्त निराश वा डिप्रेस महसुस गर्नुभएको छ, जसले गर्दा सबैथोक त्याग्ने मनस्थिति भएको छ? | |
| 3 | के तपाईं बिना कुनै कारण थकित वा निराश महसुस गर्नुहुन्छ? | |
| 4 | के तपाईं खान मन नलाग्ने, खान थालेपछि रोक्न नसक्ने वा अत्यधिक मदिरा सेवन गर्नुहुन्छ? | |
| 5 | के तपाईंलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, वा चक्कर आउने अनुभव हुन्छ? | |
| 6 | के तपाईंलाई कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ वा कुनै काममा डुब्न सक्नुहुन्न, वा बारम्बार अन्य कुरा सोच्ने गर्नुहुन्छ? के तपाईंलाई अचानक डर लाग्ने वा झर्को लाग्ने अनुभव हुन्छ? | |
| 7 | के तपाईंलाई अचानक डर लाग्ने वा झर्को लाग्ने अनुभव हुन्छ? | |
| 8 | के तपाईंलाई लाग्छ कि काम गर्ने ठाउँमा तपाईं एक्लै हुनुहुन्छ, सबैले तपाईंलाई छोडेर गएका छन्, एकजना पनि साथी छैन वा सहयोग गरिदिने कोहि छैन ? | |
| 9 | के तपाईंलाई अत्यधिक चिन्ता लाग्छ वा सधैं तनाव महसुस हुन्छ, जसले तपाईंलाई समस्यामा परिरहेको छ ? | |
| 10 | के तपाईंको मुटुको गति बढ्छ वा सास फेर्न गाह्रो हुन्छ? | |
| 11 | के तपाईंलाई आत्महत्याको विचार आउँछ वा मर्न चाहनुहुन्छ? | |
| 12 | के तपाईंलाई "म काम नलाग्ने मान्छे हूँ " वा "मैले मेरो परिवारलाई निराश पारेँ"? भनेर , आफूले आफूलाई दोष दिने भावना आउँछ। | |
| 13 | के तपाई पहिलेको दाँजोमा वरिपरिका मानिसहरूबाट डर महसुस हुन्छ, वा तपाईलाई कसैले केही गर्छ जस्तो महसुस हुन्छ ? | |
| 14 | के तपाईं सानोतीनो आवाजबाटै तर्सिनु हुन्छ वा कतैबाट केही आवाज सुने जस्तो महसुस हुन्छ? | |
| 15 | के तपाई पहिलेको भन्दा बढी उत्साहित भएको वा धेरै बोल्ने भएको महसुस गर्नुहुन्छ, वा अनावश्यक सामानहरू धेरै किन्ने गर्नु भएको छ? | |
「हो」 उत्तरहरूको संख्या
एउटा मात्र पनि 「हो」लेख्नु भएको छ भने ・・・ तपाईंको मानसिक र शारीरिक थकान शुरू भैसकेको छ । तलका उपायहरू अपनाएर हेरौं । आफूलाई फ्रेश महसुस हुनेछ र राम्रो संग निंद्रा लाग्ने देखि मानसिक तथा शारीरिक रूपमा फुर्तिलो हुनेछ।
• कामको बिचबीचमा हल्का स्ट्रेचिङ गर्नुहोस्।
• आफूलाई आनन्द महसुस हुने जति ,व्यायाम गरेर हेर्नु होस् ।
•
आफ्नो देश नेपालबाट सँगै आएको साथी वा आफूलाई बोल्न सजिलो साथीसँग आफ्ना भावनाहरू व्यक्त गर्नुहोस्।
• नेपालको आफ्नो परिवार वा साथीहरूसँग अनलाइन च्याट गर्नु पनि राम्रो हुन्छ।
• आफ्नो मनपर्ने संगीत सुन्नुहोस् वा मनपर्ने पुस्तक पढ्नुहोस्।
• हरियालीयुक्त स्थानमा घुम्न जानुहोस्।
• वसन्त, गर्मी, शरद, जाडो ऋतुहरूको प्रकृतिको परिवर्तन महसुस गर्नुहोस्।
• रातको खाना सुत्नुभन्दा कम्तीमा २ घण्टा अगाडि खानुहोस्।
• सुत्नुभन्दा १ घण्टा अगाडि मोबाइल फोन नहेर्नुहोस्।
• सुत्नुभन्दा १ घण्टा अगाडि तातो पानी (ओफुरो) मा बस्नुहोस्।
• बिहान सकेसम्म एउटै समयमा उठ्नुहोस्।
• बिहान सकेसम्म एउटै समयमा उठ्नुहोस्। बिहान उठ्नासाथ झ्यालको पर्दा खोल्नुहोस् र ताजा हावा लिउनुहोस्। यदि कोठा थोरै अंध्यारो छ भने, बत्ती बाल्नुहोस्। सकेसम्म बाहिर जानुहोस् र घामको उज्यालोमा बस्नुहोस्।
• मदिरा सेवनले निद्रामा असर गर्न सक्छ र तपाईंलाई झन् थकित बनाउँछ। सकेसम्म धूम्रपान वा मदिरामा निर्भर नहुनुहोस्।
• (स्रोत: जापानी स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयद्वारा प्रकाशित मानसिक स्वास्थ्य पुस्तिका)• यदि माथिका उपायहरू अपनाउँदा पनि “हो" उत्तरहरूको संख्या घट्दैन भने मानसिक स्वास्थ्य विशेषज्ञलाई भेट्नुहोस्।
• यदि तपाईंले ३ वा बढी पटक “हो" उत्तर दिनुभयो भने …
• तपाईं मानसिक रूपमा अत्यधिक थकित हुनुहुन्छ।
• क्लिनिक /अस्पतालमा गई मनोरोग चिकित्सक कहाँ जचाउनु होस् ।
• औषधि खानुभयो भने सुधार गर्न मद्दत गर्नेछ।
के तपाईं हाम्रो सल्लाह/सेवाबाट सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट
असन्तुष्ट
37 मूल्यांकन
19 मूल्यांकन
18 मूल्यांकन
