4. मैले जति पटक पनि नाइँ भने पनि, काम गर्ने सहकर्मीले मसँग यौन व्यवहार गरिरहन्छन्, जस्तै आफुले अस्वीकार गरे पनि सहकर्मी द्वारा बारम्बार दुइ जना मात्रै सँगै बहिर खान जान कर गर्नु , दुइ जना मात्रै सँगै घुम्न बाहिर जान बोलाउने, अनावश्यक रूपमा शरीरमा छुन खोज्ने जस्ता यौन दुर्व्यवहार।के गरे उचित होला ?

• 「सेक्सुअल हरासमेन्ट (सेकुहारा, यौन दुर्व्यवहार)」गरेको पनि हुन सक्दछ।
• पुरुष या महिला दुबैलाई /जो कसैलाई पनि ,यदि कसैले तपाईंलाई मन नपर्ने कुरा, अफ्ठ्यारो महसुस हुने गरी यौन सम्बन्धिका कुराहरु भन्छ वा गर्छ भने त्यस्तो गतिविधिलाई सेक्सुअल हरासमेन्ट (सेकुहारा, यौन दुर्व्यवहार) भनिन्छ । यदि तपाईंले कसैलाई यौनजन्य कुराहरू भन्न वा गर्न बन्द गर्न भन्नुभयो र तिनीहरूले तपाईंलाई काममा अर्को तरीकाबाट दुख दिने र दुर्व्यवहार गर्न थाले भने, त्यो पनि सेक्सुअल हरासमेन्ट (सेकुहारा / यौन दुर्व्यवहार) अन्तर्गत नै पर्दछ।
• कम्पनीमा परामर्श गरेपनि नमानेको खण्डमा,「तोड़ोफूकेन रोदोक्योकु कोयोउ खान्क्यो /कीन्तो बु (प्रिफेक्चरल लेबर ब्यूरो (श्रम विभाग) रोजगार वातावरण・समान अवसर विभाग )」मा पनि परामर्श गर्न सक्नुहुन्छ।
• तपाईं आफैले पनि नबुझेर या थाहै नपाई कसैलाई 「सेक्सुअल हरासमेन्ट (सेकुहारा / यौन दुर्व्यवहार) 」गरिरहनु भएको पनि हुन सक्दछ। त्यसैले आफ्नो व्यवहारप्रति पनि सचेत रहनुहोस।

यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।

भियतनामी भाषामा परामर्श

* विदेशी प्राविधिक इन्टर्नहरूलाई प्रशिक्षण दिने संस्था (OTIT) मातृभाषामा परामर्श केन्द्र (भियतनामी पृष्ठ) जापानमा बस्दा प्राविधिक प्रशिक्षार्थीहरूले सामना गर्न सक्ने समस्याहरूको बारेमा सल्लाह
* विदेशी प्राविधिक इन्टर्नहरूलाई प्रशिक्षण दिने संस्था (OTIT) प्राविधिक इन्टर्नहरूको लागि आपतकालीन परामर्श र SOS च्यानल
  0120-250-168 (भियतनामी भाषामा परामर्श समर्थन)
  सोमबार देखि शुक्रबार: 11:00 - 19:00, शनिबार: 9:00 - 17:00
सामाजिक सञ्जाल (SNS) मार्फत यौन हिंसा सम्बन्धी परामर्श च्यानल "निको हुने समय"
भियतनामी भाषामा परामर्श सहयोग समय: 17:00 - 21:00 सोमबार, बुधबार, शनिबार

जापानी भाषामा विस्तृत जानकारी

* यौन अपराध /यौन हिंसा बाट पीडितहरूको लागि वान-स्टप सहयोग केन्द्रहरूको सूची देशभरीको यौन अपराध/यौन हिंसाको सम्बन्धि परामर्श केन्द्रहरुको सूची हो। प्रसूति तथा स्त्री रोग चिकित्सा विभाग या काउन्सेरिङ्ग (हेरचाह) , कानूनी परामर्श आदि
0टिप्पणी

मूल्यांकन