5. मेरो साथीले मलाई ड्रग्स (मादक पदार्थ, गाँजा, आदि) सेवन गर्न प्रस्ताव गर्दैछ। एक पटक मात्र प्रयोग गरेर हेर्न चाहन्छु, के खतरा हुन्छ?

• मादक पदार्थ र गाँजा जस्ता पदार्थहरूको प्रयोगले शरीर र दिमाग दुवैमा नकारात्मक असर पार्न सक्छ। वरपरका मानिसहरू पनि चिन्तित हुनेछन्। धेरै मानिसहरू केवल जिज्ञासाका कारण सुरु गर्छन्, तर पछि लत (Addiction) को सिकार हुन्छन् र छोड्न गाह्रो हुन्छ। यदि तपाईंलाई कसैले यस्ता चीज दिनुभयो र तपाईं थोरै पनि हिचकिचाउनुभयो भने, उनीहरूले तपाईंलाई फेरि पनि प्रस्ताव राखी दबाब दिन सक्छन्।  「स्पष्ट रूपमा 」अस्वीकार गर्नु आवश्यक छ। यदि अस्वीकार गर्न गाह्रो छ भने, त्यहाँबाट टाढा जानुहोस्/भाग्नुहोस्। भाग्नु पनि बहादुरी हो।

• जापानको कानून अनुसार, मादक पदार्थ र गाँजा जस्ता लागूऔषध प्रयोग गर्नेलाई कडा सजाय दिइन्छ। प्रायः कामबाट पनि निकालिइने छ।  यदि तपाईंले यसलाई सेवन गर्न थाल्नुभयो भने, यसलाई आफैंले छोड्न गाह्रो हुन सक्छ, त्यसैले विशेषज्ञसँग परामर्श गर्नुहोस्।। यदि तपाईंलाई कसैले प्रस्ताव रखेकोछ वा तपाइँले यसलाई प्रयोग गरि नै हाले पनि, कृपया तुरुन्तै सल्लाह गर्नु होस्।

0टिप्पणी

मूल्यांकन