जब तपाईं भियतनामबाट जापानमा नयाँ जीवन सुरु गर्न आउनुहुन्छ, भाषामा, संस्कृतिमा, चालचलनमा र वरिपरिका मानिसहरूमा भएको परिवर्तनका कारण तपाईं मानसिक र शारीरिक रूपमा थकित महसुस गर्न सक्नुहुन्छ।

यदि तपाईंको जापानी भाषाको स्तर राम्रो छैन भने, वा तपाईं परिवार र साथीहरूबाट टाढा हुँदा एक्लोपन महसुस गर्नुहुन्छ भने, वा काम सधैं धेरै गाह्रो छ भन्ने लाग्छ भने, तपाईंको मानसिक अवस्था खस्कन सक्छ र तपाईं सजिलै बिरामी पर्न सक्नुहुन्छ।

आफ्नो मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या जो–कोहीलाई पनि हुन सक्छ। शारीरिक रोग जस्तै, यदि तपाईंलाई लाग्छ कि तपाईंको मानसिक स्वास्थ्यमा “केही असामान्य” छ भने, छिट्टै विज्ञसँग सल्लाह लिनुहोस्।

यो अध्याय ५ मा तपाईंले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यलाई सुरक्षित राख्नका लागि गर्नुपर्ने कुराहरू, देखिन सक्ने लक्षणहरू, र मानसिक स्वास्थ्य समस्यामा परेमा सल्लाह लिन सक्ने स्थानहरूको बारेमा जानकारी दिइनेछ।

5. 1. जापानको जीवनशैलीमा बानी बसाउन गार्हो भइरहेको छ। मैले काम गर्ने कम्पनीका अरु कामदारका तुलनामा राम्ररी काम गर्न नसक्ने भएकोले दिनदिनै चिन्ता लाग्छ । किन होला ?

• जापानिज भाषा राम्ररी बोल्न नसक्ने, साथीभाइ परिवारबाट टाढा भई एक्लो लाग्ने, काम निकै गार्हो भएको जस्तो लाग्ने जस्ता कुराहरु निरन्तर महसूस भइरहयो भने मन र शरिर दुबै थाकेर बिरामी पर्न सक्नुहुन्छ । यसलाई कल्चर शअक् भनिन्छ, र यो जो कोहीलाई पनि हुन्छ।
• जापानिज भाषा राम्ररी बोल्न नसक्ने, साथीभाइ परिवारबाट टाढा भई एक्लो लाग्ने, काम निकै गार्हो भएको जस्तो लाग्ने जस्ता कुराहरु निरन्तर महसूस भइरहयो भने मन र शरिर दुबै थाकेर बिरामी पर्न सक्नुहुन्छ ।
• नेपाली साथीहरूसँग आफ्नो पीडा र दुःखहरू पोख्ने गर्नुहोस्।सहकर्मी वा जापानीहरुलाई साथी बनाएर जापानी संस्कृतिको अनुभव गर्न सक्नुभयो भने जापानको जीवनशैलीमा अभ्यस्त हुन सजिलो हुन्छ ।

थप जान्नुहोस्

5. 2. मन र शरीर थकित हुँदा कस्ता लक्षणहरू देखा पर्दछन्?

जब तपाईं मानसिक र शारीरिक रूपमा थकित हुनुहुन्छ, तपाईंले निम्न लक्षणहरू अनुभव गर्न सक्नुहुन्छ, जसलाई “तनाव प्रतिक्रिया” भनिन्छ:
शारीरिक: टाउको दुख्ने, पेट दुख्ने, भोक नलाग्ने, कब्जियत वा पखाला हुने, निंद्रा नलाग्ने.
मानसिक: उदास हुने, केही गर्न मन नलाग्ने, सजिलै चिडचिडा हुने
व्यवहार: धेरै खाने, धेरै रक्सी पिउने, धेरै किनमेल गर्ने , समयमा नपुग्ने।
अनुभूति: खराब कुराको बारेमा मात्र सोच्ने, आफ्नो वरपरका मानिसहरूलाई शत्रुको रूपमा हेर्ने, उत्पीडन भइरहेको जस्तो महसुस गर्ने
यस्तो अवस्था जारी रह्यो भने बिरामी हुन पनि सक्नुहुन्छ।

बिस्तृत जानकारीको लागि !

5. 3. तनावको कारण लक्षणहरू देखा परेको खण्डमा के गर्दा हुन्छ ?

पीडादायी लक्षणहरूलाई औषधिद्वारा कम गर्न सकिन्छ। उदाहरणका लागि, निंद्रा नपुगेर थकित महसुस भई काममा टोलाएर बस्ने भएमा निंद्राको औषधि खानाले, आफ्नो शारीरिक अवस्था र एकाग्रता पुन: प्राप्त गर्न सकिन्छ।

सबैभन्दा पहिले, मनोचिकित्सक/मनोरोग चिकित्सकसँग परामर्श लिनुहोस् ( ➡ 5-8हे. र्नुहोस् )।

5. 4. उदास हुने, केही गर्न मन नलाग्ने, बिहान उठ्न नसक्ने, सुत्न नसक्ने र भोक नलाग्ने जस्ता लक्षणहरु देखा परिराखेका छन्।

• आफ्नो मन र बानी-ब्यवहार नियन्त्रण गर्न नसके डिप्रेसन/ निराशपन भएको हुनसक्छ। मनोरोग चिकित्सक अथवा मनोचिकित्सकलाई जचाऔं । ( ➡ 5-8हेर्नुहोस् )।

• यदि डिप्रेसन/निराशपन भएको हो भने, टाउको दुख्ने, बान्ता आउला जस्तो हुने, छाती दुख्ने , हात र खुट्टा झम्झमाउने आदि जस्ता शारीरिक लक्षणहरू देखा पर्न सक्छन्। औषधि खाई आराम गर्नु पर्छ।

5. 5. आत्महत्या गर्न मन लाग्छ। के गर्दा हुन्छ होला ?

• डिप्रेसन/निराशपन भएको बेलामा आत्महत्या गर्न मन लाग्ने सम्भावना बढी हुन्छ ।पहिले, त्यस्तो विचारको बारेमा आफुलाई विश्वास लागेको व्यक्ति सँग कुरा गर्नुहोस्, र साथै मनोरोग चिकित्सक अथवा मनोचिकित्सकलाई जँचाउनुहोस् । (➡5-8. हेर्नुहोस्)।.

• तपाईमा आत्महत्या गर्न चाहना बढी देखिएको खण्डमा अस्पतालमा भर्ना गर्न सक्छन्। 

यदि तपाईंसँग नजिकै कोही सल्लाह गर्ने व्यक्ति छैन भने , मा सूचीबद्ध काउन्टरहरूमा अंग्रेजी भाषामा परामर्श गरेर हेर्नुहोस्। 【परामर्श केन्द्र सूची】.

5. 6. अचानक वरपरका मानिसहरूसँग डर लाग्ने ,तिनीहरूले आफ्नो बारेमा नराम्रा कुरा गर्ने ,जस्ता कुराहरु महसूस हुन्छन् । वास्तवमा आवाजहरू पनि सुनिन्छ। के गर्दा हुन्छ होला ?

• कसैले तपाईको बारेमा नराम्रो कुरा भनिराखेको जस्तो महसुस गर्नु भनेको “प्यारानोइया/व्यामोह” को लक्षण हुन सक्छ र वरपर कोही नभए पनि आवाज वा अनौठो आवाज सुनिने भएमा “श्रवण भ्रम” को लक्षण हुन सक्छ। यो लक्षण दिमाग र शरीर थकित हुँदा पनि देखिन्छ।

• यस्ता लक्षण बारम्बार दोहरिएर देखा परेमा मानसिक रोग हुन सक्छ । मनोरोग चिकित्सक अथवा मनोचिकित्सकलाई जचाऔं । ( ➡ 5-8. हेर्नुहोस् )।

5. 7. मेरो एक सहकर्मीको व्यवहार र बोल्ने तरिका पहिले भन्दा परिवर्तन भएको छ। मैले उनलाई मानसिक रोग विशेषज्ञ भेट्न सल्लाह दिएँ, तर उनले अस्वीकार गरे। म के गरूँ?

• सबै भन्दा पहिले, यदि तपाईंको कम्पनीको परामर्श केन्द्रको व्यक्ति वा नजिकै सल्लाह गर्न मिल्ने कोही छ भने मद्दतको लागि सोध्नुहोस्। जापानी भाषा बुझ्ने व्यक्तिलाई नजिकैको परामर्श केन्द्र खोजी दिन भन्नुहोस्।. 

• यदि उसले आत्महत्या गर्न खोजेको छ, आक्रोशित छ, सामान तोडफोड गरिरहेका छन्, वा अरूलाई चोट पुर्याउँछ भने, पुलिसलाई फोन गर्नुहोस्।

• 

मनोरोग चिकित्सक वा मनोचिकित्सकलाई जचाउनको लागी (कृपया ➡5-8. हेर्नुहोस्।).

थप जानकारी

तपाईंको मानसिक अवस्था अहिले कस्तो छ?

निम्न १५ प्रश्नहरूको उत्तर दिनुहोस्। तपाईंले कति प्रश्नहरूको उत्तर मा दिनुभयो? “हो” to?

हो
1 के तपाईं कहिलेकाहीँ राम्रो सुत्न सक्नुहुन्न वा सुतिसकेपछि पनि थकित महसुस गर्नुहुन्छ?
2 के तपाईंले कहिल्यै आफूलाई अत्यन्त निराश वा डिप्रेस महसुस गर्नुभएको छ, जसले गर्दा सबैथोक त्याग्ने मनस्थिति भएको छ?
3 के तपाईं बिना कुनै कारण थकित वा निराश महसुस गर्नुहुन्छ?
4 के तपाईं खान मन नलाग्ने, खान थालेपछि रोक्न नसक्ने वा अत्यधिक मदिरा सेवन गर्नुहुन्छ?
5 के तपाईंलाई टाउको दुख्ने, वाकवाकी लाग्ने, वा चक्कर आउने अनुभव हुन्छ?
6
के तपाईंलाई कुनै कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ वा कुनै काममा डुब्न सक्नुहुन्न, वा बारम्बार अन्य कुरा सोच्ने गर्नुहुन्छ?
के तपाईंलाई अचानक डर लाग्ने वा झर्को लाग्ने अनुभव हुन्छ?
7 के तपाईंलाई अचानक डर लाग्ने वा झर्को लाग्ने अनुभव हुन्छ?
8 के तपाईंलाई लाग्छ कि काम गर्ने ठाउँमा तपाईं एक्लै हुनुहुन्छ, सबैले तपाईंलाई छोडेर गएका छन्, एकजना पनि साथी छैन वा सहयोग गरिदिने कोहि छैन ?
9 के तपाईंलाई अत्यधिक चिन्ता लाग्छ वा सधैं तनाव महसुस हुन्छ, जसले तपाईंलाई समस्यामा परिरहेको छ ?
10 के तपाईंको मुटुको गति बढ्छ वा सास फेर्न गाह्रो हुन्छ?
11 के तपाईंलाई आत्महत्याको विचार आउँछ वा मर्न चाहनुहुन्छ?
12 के तपाईंलाई “म काम नलाग्ने मान्छे हूँ ” वा “मैले मेरो परिवारलाई निराश पारेँ”? भनेर , आफूले आफूलाई दोष दिने भावना आउँछ। 
13 के तपाई पहिलेको दाँजोमा वरिपरिका मानिसहरूबाट डर महसुस हुन्छ, वा तपाईलाई कसैले केही गर्छ जस्तो महसुस हुन्छ ?
14 के तपाईं सानोतीनो आवाजबाटै तर्सिनु हुन्छ वा कतैबाट केही आवाज सुने जस्तो महसुस हुन्छ?
15 के तपाई पहिलेको भन्दा बढी उत्साहित भएको वा धेरै बोल्ने भएको महसुस गर्नुहुन्छ, वा अनावश्यक सामानहरू धेरै किन्ने गर्नु भएको छ?

「हो」 उत्तरहरूको संख्या 

थप जानकारी

एउटा मात्र पनि 「हो」लेख्नु भएको छ भने ・・・ तपाईंको मानसिक र शारीरिक थकान शुरू भैसकेको छ । तलका उपायहरू अपनाएर हेरौं । आफूलाई फ्रेश महसुस हुनेछ र राम्रो संग निंद्रा लाग्ने देखि मानसिक तथा शारीरिक रूपमा फुर्तिलो हुनेछ।

• कामको बिचबीचमा हल्का स्ट्रेचिङ गर्नुहोस्।

• आफूलाई आनन्द महसुस हुने जति ,व्यायाम गरेर हेर्नु होस् ।

आफ्नो देश नेपालबाट सँगै आएको साथी वा आफूलाई बोल्न सजिलो साथीसँग आफ्ना भावनाहरू व्यक्त गर्नुहोस्।

• नेपालको आफ्नो परिवार वा साथीहरूसँग अनलाइन च्याट गर्नु पनि राम्रो हुन्छ।

• आफ्नो मनपर्ने संगीत सुन्नुहोस् वा मनपर्ने पुस्तक पढ्नुहोस्।

• हरियालीयुक्त स्थानमा घुम्न जानुहोस्।

वसन्त, गर्मी, शरद, जाडो ऋतुहरूको प्रकृतिको परिवर्तन महसुस गर्नुहोस्।

• रातको खाना सुत्नुभन्दा कम्तीमा २ घण्टा अगाडि खानुहोस्।

• सुत्नुभन्दा १ घण्टा अगाडि मोबाइल फोन नहेर्नुहोस्।

• सुत्नुभन्दा १ घण्टा अगाडि तातो पानी (ओफुरो) मा बस्नुहोस्।

• बिहान सकेसम्म एउटै समयमा उठ्नुहोस्।

• बिहान सकेसम्म एउटै समयमा उठ्नुहोस्। बिहान उठ्नासाथ झ्यालको पर्दा खोल्नुहोस् र ताजा हावा लिउनुहोस्। यदि कोठा थोरै अंध्यारो छ भने, बत्ती बाल्नुहोस्। सकेसम्म बाहिर जानुहोस् र घामको उज्यालोमा बस्नुहोस्।

• मदिरा सेवनले निद्रामा असर गर्न सक्छ र तपाईंलाई झन् थकित बनाउँछ। सकेसम्म धूम्रपान वा मदिरामा निर्भर नहुनुहोस्।

(स्रोत: जापानी स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयद्वारा प्रकाशित मानसिक स्वास्थ्य पुस्तिका)यदि माथिका उपायहरू अपनाउँदा पनि “हो” उत्तरहरूको संख्या घट्दैन भने मानसिक स्वास्थ्य विशेषज्ञलाई भेट्नुहोस्।

कृपया -V-8. हेर्नुहोस्

यदि तपाईंले ३ वा बढी पटक “हो” उत्तर दिनुभयो भने …

तपाईं मानसिक रूपमा अत्यधिक थकित हुनुहुन्छ।

क्लिनिक /अस्पतालमा गई मनोरोग चिकित्सक कहाँ जचाउनु होस् ।

औषधि खानुभयो भने सुधार गर्न मद्दत गर्नेछ।

5. 8. मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्न चाहन्छु।. कहाँ भेट्न सकिन्छ ?

• पहिले आफ्नो कम्पनीको परामर्श शाखामा सोध्नुहोस् कि तपाईंको नजिक राम्रो मानसिक स्वास्थ्य (Psychiatry/Psychosomatic Medicine) क्लिनिक छ कि छैन। त्यसपछि रिजर्भेसन (Appointment) गर्न मद्दत माग्नु होस्। आफ्नो देश नेपालको परामर्श केन्द्रमा सम्पर्क गराई दिन पनि सक्छ होला ।

• यदि तपाईंको नजिक कुनै मनोवैज्ञानिक क्लिनिक उपलब्ध छैन वा रिजर्भेसन गर्न गाह्रो छ, भने पहिले उपचार गराएको अस्पतालमा गई परामर्श लिन सक्नुहुन्छ।. विशेषज्ञ चिकित्सककहाँ सिफारिस गरिदिनु हुनेछ।

• प्रत्येक जापानी प्रान्तमा 「मानसिक स्वास्थ्य कल्याण केन्द्र」”Mental Health Welfare Center” छ, जहाँ विशेषज्ञहरूसँग नि:शुल्क परामर्श सेवा लिन सकिन्छ।

5. 9. मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिन कति खर्च लाग्छ?

• तपाईंको अरु शारीरिक बिरामी हुँदा जति खर्च लाग्छ, मनोवैज्ञानिक परामर्शमा पनि उति नै खर्च लाग्छ। (➡1 -1 हेर्नुहोस्)।.

• यदि मानसिक स्वास्थ्य विशेषज्ञले केही समयसम्म परामर्श जारी राख्न सिफारिस गर्छन्, भने उपचार शुल्क कम गर्न सकिने सरकारी योजना छ। यसलाई आत्मनिर्भरता सहायता चिकित्सा (Mental Health Outpatient Medical Care)” भनिन्छ।

 आफू बस्ने नगर/गाउँ पालिकाको सम्बन्धित विभागमा गई सस्तोमा जचाउने प्रक्रिया बारे सोध्नुहोस्।

5. 10. मेरो साथीले मलाई ड्रग्स (मादक पदार्थ, गाँजा, आदि) सेवन गर्न प्रस्ताव गर्दैछ। एक पटक मात्र प्रयोग गरेर हेर्न चाहन्छु, के खतरा हुन्छ?

• मादक पदार्थ र गाँजा जस्ता पदार्थहरूको प्रयोगले शरीर र दिमाग दुवैमा नकारात्मक असर पार्न सक्छ। वरपरका मानिसहरू पनि चिन्तित हुनेछन्। धेरै मानिसहरू केवल जिज्ञासाका कारण सुरु गर्छन्, तर पछि लत (Addiction) को सिकार हुन्छन् र छोड्न गाह्रो हुन्छ। यदि तपाईंलाई कसैले यस्ता चीज दिनुभयो र तपाईं थोरै पनि हिचकिचाउनुभयो भने, उनीहरूले तपाईंलाई फेरि पनि प्रस्ताव राखी दबाब दिन सक्छन्।  「स्पष्ट रूपमा 」अस्वीकार गर्नु आवश्यक छ। यदि अस्वीकार गर्न गाह्रो छ भने, त्यहाँबाट टाढा जानुहोस्/भाग्नुहोस्। भाग्नु पनि बहादुरी हो।

• जापानको कानून अनुसार, मादक पदार्थ र गाँजा जस्ता लागूऔषध प्रयोग गर्नेलाई कडा सजाय दिइन्छ। प्रायः कामबाट पनि निकालिइने छ।  यदि तपाईंले यसलाई सेवन गर्न थाल्नुभयो भने, यसलाई आफैंले छोड्न गाह्रो हुन सक्छ, त्यसैले विशेषज्ञसँग परामर्श गर्नुहोस्।। यदि तपाईंलाई कसैले प्रस्ताव रखेकोछ वा तपाइँले यसलाई प्रयोग गरि नै हाले पनि, कृपया तुरुन्तै सल्लाह गर्नु होस्।

5. 11. मलाई रक्सी निकै मन पर्छ। ड्राइभ गर्नु अघि वा काममा जानु अलिकति मात्र पिउँदा पनि कसैलाई थाहा हुँदैन, के यो गलत हो ?

• काम गर्नु अघि वा काम गर्ने बेलामा रक्सी खाँदा खतरनाक हुने भएकोले नखानु होस् । मेसिन चलाउँदा गल्ती भई, आफू र आफू वरपरका मानिसहरूलाई खतरा हुन सक्ने संभावना हुन्छ। साथै, रक्सी खाई सकेपछि आत्मविश्वास बढी हुन्छ र सामान्यतया नभन्ने कुराहरु पनि बोलिदिने गर्छ । जसले गर्दा तपाइँको वरपरका मानिसहरूलाई नराम्रो महसुस हुन्छ र पछि आफूलाई समस्यामा पर्छ।

• जापानमा उमेर 20 वर्ष नपुगुन्जेल सम्म कुनै पनि प्रकारको मदिरा सेवन गर्नु गैरकानुनी मानिन्छ । साथै, तपाइँले थोरै मात्र रक्सी खाएको छ भने पनि कुनै प्रकारको सवारी साधन चलाउन सक्नुहुन्न। मदिरा सेवन गरेर साइकल चलाउनु पनि कानुन विपरीत हो ।

• मदिरा सेवन गरेको व्यक्तिलाई कार भांडामा दिने, सवारी चलाउने कुरा थाहा पाए पनि सो व्यक्तिलाई मदिरा खुवाउने र मदिरा सेवन गरेको व्यक्तिले चलाएको गाडीमा संगै चढ्नु पनि कानुनले निषेध गरेको छ। मदिरा सेवन गरी ड्राइभ गर्नु भयो भने, तपाइँको ड्राइभिङ्ग लाइसेन्स रद्द हुनुको साथै कम्पनीबाट पनि निष्कासित (Fired) हुन सक्नुहुन्छ।

• अत्याधिक रक्सी पिउनाले ,शरीर र दिमाग दुबैमा नकारात्मक असर पार्छ ।+F169 मदिरासँग जिम्मेवारीपूर्वक व्यवहार गर्नुहोस्।