जापानी कानुनले कम्पनीहरूले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधान गरेको छ ताकि कामदारहरूले निश्चिन्त भएर काम गर्न सकून्। साथै, कम्पनीहरूले कर्मचारीहरूको लागि कार्यस्थलको वातावरण र काम गर्ने अवस्था सुधार गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गर्नेछन्। यो अध्याय ४ मा, तपाईंले कम्पनीमा काम गर्दा रोग वा चोटपटकबाट बच्नका लागि गर्नुपर्ने कुराहरू, कामसँग सम्बन्धित रोग वा चोटपटक भएमा गर्नुपर्ने कुराहरू, श्रम दुर्घटना बीमा नीतिहरू आदि बारे मार्गदर्शन दिइएको छ।
त्यसैगरी, यस खण्डमा कम्पनीमा कडाइका साथ निषेध गरिएको “शक्ति दुरुपयोग (power harassment)” तथा “यौन उत्पीडन (sexual harassment)” सम्बन्धी जानकारी पनि दिइएको छ, साथै यदि तपाईं यस किसिमको समस्यामा परेमा सम्पर्क गर्न सक्ने परामर्श केन्द्रहरूको जानकारी पनि उपलब्ध गराइएको छ।
• तपाईं कम्पनीमा सधैं स्वस्थ भई काम गर्न सकोस् भनि गरिने कुरा हो। आफुले चालै (थाहा) नपाउने गरी केही रोग लागि सकेको छ की छैन भनि रगतको नमूनाहरू लिइ जाँच गरिन्छ। रोग सुरुमै पत्ता लागेमा चाँडै उपचार सुरु गर्न सकिन्छ , जसले गर्दा तपाईं जापानमा लगातार अन्तसम्म स्वस्थ भई काम गर्न सक्नुहुन्छ। यो कानून द्वारा तोकिएको कुरा भएकोले, अनिवार्य रुपमा गर्नुहोस्।
• केही गरी स्वास्थ्य परिक्षण गराउन नसकिने अवस्थामा, सर्वप्रथम कम्पनीमा सोध्नुहोस् । यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4-12.मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
• स्वास्थ्य परिक्षण वर्षमा एक पटक गर्नु पर्दछ। यद्यपि, रोग निम्त्याउन सक्ने पदार्थहरू प्रयोग गरि काम गर्ने व्यक्ति या राति पनि काम गर्नुपर्ने व्यक्तिहरुले, 6 महिनामा 1 पटक गर्नु पर्ने पनि हुन सक्दछ।
• स्वास्थ्य परिक्षण नि:शुल्कमा गर्न पाउनु हुनेछ।
• स्वास्थ्य परीक्षणको क्रममा जाँच गर्नुपर्ने विषयहरु कानुनी रुपमा पूर्वनिर्धरित हुन्छन । आफुले जाँच गर्न चाहेको विषयहरु थप गर्न पाउनु हुने छैन।
• 20 वर्ष भन्दा माथिको महिला हुनुहुन्छ भने, आफ्नो कम्पनीमा नभई आफु बस्ने गरेको नगर/गाउँ पालिकामा पाठेघरको क्यान्सर परीक्षण 2 वर्षमा 1पटक गर्न सक्नु हुनेछ। यो नि:शुल्क या 500 येन जति तिरे पुग्छ। पाठेघरको मुखको क्यान्सर परिक्षण बारेमा थप जान्न चाहनुहुन्छ भने, 3. 3. यौन तथा प्रजनन स्वास्थ्यको स्तम्भ (कोलम) पढ्नुहोस्।
• सर्वप्रथम, कम्पनीसँग परामर्श गर्नुहोस्। कामको सिलसिलामा तपाईं बिरामी पर्नुभएको वा घाइते हुनुभएको बेलाको लागि तपाईंको कम्पनीले औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा (रोउसाइ होकेन)] भनिने बीमामा दर्ता गराएको हुनु पर्दछ। यदि तपाईंको कम्पनीले यस बीमाको लागि आवेदन दिई, स्वीकृत हुन्छ भने, तपाईंको अस्पतालमा लाग्ने खर्च यसै बाट बेहोर्ने छ। त्यसैले तपाईंले पैसाको चिन्ता लिनु पर्दैन।कम्पनीसँग बिदा लिन पनि सक्नु हुनेछ।
• गम्भीर बिरामी या चोटपटकको कारण काम गर्न असमर्थ हुनुभयो भने पनि, तुरुन्तै कम्पनी छोड्न बाध्य गरिने छैन। यदि कम्पनिको काममा बाहेक अन्त कतै घाइते या बिरामी हुनुभयो भने पनि, काममा बिदा लिन सक्नु हुनेछ। कम्पनी अनुसार बिदा लिनसकिने दिन संख्या फरक हुन सक्ने भएकोले, आफ्नो कम्पनीमा सोधेर हेर्नुहोस्। त्यो अवधिमा तपाईंलाई कम्पनी छोड्न बाध्य पारिने छैन।
• यदि कम्पनीले तपाईंलाई स्वास्थ्य बीमामा भर्ना गरेको छ भने, तपाईंले डेढ वर्षसम्म काम गर्न नसक्ने अवधिको लागि उपचारको लागि आवश्यक पर्ने पैसा र तपाईंको तलबको एक भाग प्राप्त गर्न सक्नुहुनेछ। तपाईं औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा र स्वास्थ्य बीमामा दर्ता हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारे कृपया आफ्नो रोजगारदातासँग सोध्नु होस। यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।
•यदि काम गरिरहेको समयमा वा काममा (कम्पनी) जाँदै गर्दा सडक दुर्घटना पर्नु भएको खण्डमा , 4-4. मा व्याख्या गरिए बमोजिम「रोउसाई बीमा (औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा)」 को प्रयोग गर्न सक्नु हुनेछ। तुरुन्तै कम्पनीसँग परामर्श गर्नुहोस्।
• कामसँग सम्बन्धित नभएको ठाउँ/बेलामा सडक दुर्घटनामा पर्नु भएमा , तपाइँलाई चोटपटक
पुर्याउने व्यक्तिले चोटपटकको लागि उपचार खर्च भुक्तानी गर्नेछ।सो व्यक्तिको सम्पर्क नम्बर आदि सोध्नुहोस्।
• त्यसपछि प्रहरीलाई सम्पर्क गर्नुहोस्।
• यदि, सडक दुर्घटनामा पर्नु भयो भने, प्रहरी लाई (टेलिफोन नम्बर 110) सम्पर्क गर्नु पर्ने हुन्छ।
• यदि कामको कारणले भएको बिरामी या घाइते भएको अवस्थामा , 4-4. को 「औद्योगिक दुर्घटना क्षतिपूर्ति बीमा」बाट उपचार खर्च भुक्तानी गराई पाउनु हुनेछ। यस बाहेक, यदि तपाईं अपाङ्ग हुनुभयो भने, तपाईंले ठूलो रकम प्राप्त गर्नुहुनेछ र यदि तपाईंको मृत्यु भयो भने, त्यो पैसा तपाईंको परिवारलाई दिइनेछ।
• तपाईंको कम्पनी वा पर्यवेक्षक संस्थाले तपाईंको लागि लिएको बीमाको प्रकार अनुसार, तपाईंले यसबाट पैसा प्राप्त गर्न सक्नुहुन्छ वा यदि तपाईंको मृत्यु भएमा तपाईंको जीवित परिवारका सदस्यहरूले पैसा प्राप्त गर्न सक्छन्। कम्पनी या पर्यवेक्षक संस्थालाई सोधेर हेर्नुहोस्।
• यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।
•जुन कामसँग परिचित नभएको अवस्थामा खतरनाक हुन सक्छ, त्यस्तो काम सुरु गर्न भन्दा पहिले तालिम लिन आवश्यक पर्दछ । यो कुरा कानुनी रुप मै तोकिएको छ । उदाहरणको लागि, वेल्डिङ, फोर्कलिफ्ट, क्रेन ड्राइभिङ आदि। आफ्नो पूर्ण जिम्मामा काम सुरु गर्न अघि ट्रेनिंग (प्रशिक्षण) लिन चाहन्छु, भनि कम्पनीमा भन्नुहोस्। काम गर्दा डर लागे जस्तो महसुस भएमा नहिच्किचियाई आफ्नो सिनियर सँग परामर्श गर्नुहोस्।
• यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।
• कम्पनीको सिनियर या 「स्वास्थ्य प्रबन्धक」वा「सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धक」 हरुसँग परामर्श गर्नुहोस्। 「स्वास्थ्य प्रबन्धक」वा「सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धक」हरु कार्यस्थलको वातावरण सुधार गर्नको लागि कम्पनीमा काम गर्दछन।
• यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्। साथै, जापानी भाषा बोल्न जानेको विश्वासिलो व्यक्तिलाई अनुरोध गरि「श्रम मापदण्ड निरीक्षण कार्यालय」*1 मा परामर्श लिने गर्नुहोस्।
• *1 श्रम मापदण्ड निरीक्षण कार्यालय : कर्मचारीहरु स्वस्थ साथ ढुक्क भई काम गर्न सकुन भनि, कम्पनीले कानूनको पालना गरिरहेको छ कि छैन भनि निगरानी गर्ने सरकारी कार्यालय हो।तलको QR कोडबाट (स्क्यान गरि), आफु बस्ने क्षेत्रको श्रम मापदण्ड निरीक्षण कार्यालय खोज्न सक्नुहुन्छ। जापानी भाषा बुझ्ने व्यक्ति वा आफ्नो वरिपरिका जापानी व्यक्तिलाई सोधेर हेर्नुहोस्।
• कम्पनीको परामर्श काउन्टरमा परामर्श गर्नुहोस्। 「 पावा हारा (पावर हरासमेन्ट शक्ति उत्पीडन)」गरेको पनि हुन सक्छ।पावा हारा (पावर हरासमेन्ट) शक्ति उत्पीडन भनेको तपाईंभन्दा माथिल्लो पदमा रहेको व्यक्तिले तपाईंलाई अनावश्यक रूपमा कठोर शब्दहरूले गाली गर्नु वा तपाईंप्रति दुर्व्यवहार गर्नु हो, जसले गर्दा तपाईंलाई यति डर लाग्छ कि तपाईं काममा जान चाहनुहुन्न।
•यदि कम्पनीमा पावर हरासमेन्ट भएको खण्डमा, कहिले, कहाँ, कसबाट, कस्तो प्रकारको हरासमेन्ट गरिएको, कस्तो अनुभव भएको थियो सबै लेखेर राख्ने गर्नुहोस्। मौखिक दुर्व्यवहार प्रायः केहि भनिएको थियो कि थिएन भन्ने विवाद बन्छ, त्यसैले अडियो वा भिडियो रेकर्डिङ लिनुहोस्। दुर्व्यवहारपूर्ण अपशब्द प्रयोग गरेर लेखिएका मेल (ईमेल) या चिट्ठीहरु, सुरक्षित रुपमा राख्ने गर्नुहोस्। शारीरिक रुपमा हिंसा भएको खण्डमा, फोटो खिचेर राखी डाक्टरबाट स्वास्थ्य परिक्षण गराई रिपोर्ट लिएर राख्नुहोस्।
• यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।
• यदि शारीरिक हिंसा भएको खण्डमा, पुलिसलाई परामर्श गर्न पर्न सकिन्छ।
• प्रिफेक्चरल लेबर ब्यूरो (श्रम विभाग) को विदेशी श्रम परामर्श केन्द्रमा पनि परामर्श गर्न सक्नुहुन्छ।
• 「सेक्सुअल हरासमेन्ट (सेकुहारा, यौन दुर्व्यवहार)」गरेको पनि हुन सक्दछ।
• पुरुष या महिला दुबैलाई /जो कसैलाई पनि ,यदि कसैले तपाईंलाई मन नपर्ने कुरा, अफ्ठ्यारो महसुस हुने गरी यौन सम्बन्धिका कुराहरु भन्छ वा गर्छ भने त्यस्तो गतिविधिलाई सेक्सुअल हरासमेन्ट (सेकुहारा, यौन दुर्व्यवहार) भनिन्छ । यदि तपाईंले कसैलाई यौनजन्य कुराहरू भन्न वा गर्न बन्द गर्न भन्नुभयो र तिनीहरूले तपाईंलाई काममा अर्को तरीकाबाट दुख दिने र दुर्व्यवहार गर्न थाले भने, त्यो पनि सेक्सुअल हरासमेन्ट (सेकुहारा / यौन दुर्व्यवहार) अन्तर्गत नै पर्दछ।
• कम्पनीमा परामर्श गरेपनि नमानेको खण्डमा,「तोड़ोफूकेन रोदोक्योकु कोयोउ खान्क्यो /कीन्तो बु (प्रिफेक्चरल लेबर ब्यूरो (श्रम विभाग) रोजगार वातावरण・समान अवसर विभाग )」मा पनि परामर्श गर्न सक्नुहुन्छ।
• तपाईं आफैले पनि नबुझेर या थाहै नपाई कसैलाई 「सेक्सुअल हरासमेन्ट (सेकुहारा / यौन दुर्व्यवहार) 」गरिरहनु भएको पनि हुन सक्दछ। त्यसैले आफ्नो व्यवहारप्रति पनि सचेत रहनुहोस।
यदि तपाईं प्राविधिक इन्टर्न प्रशिक्षार्थी हुनुहुन्छ भने, सुपरिवेक्षण संस्था या4 -12 .मा भएको गाइकोकूजिन गिनोउ जिस्यु कीकोउ (विदेशी प्राविधिक प्रशिक्षण संगठन (OTIT) )को मातृभाषा परामर्शबाट परामर्श गर्नुहोस्।




• श्रमिक संघले गर्दे काम को एक उदाहरण: यदि तपाईं बिरामी पर्नुभयो वा घाइते हुनुभयो र काम गर्न सक्नुभएन भने ,「काम गर्न सक्दैन भने कम्पनी छोडेर जाउ 」जस्ता कुरा भनियो भने श्रमिक संघले कम्पनीसँग वार्ता गर्नेछ। त्यस बाहेक, तलबको भुक्तानीमा समस्या भएमा, काम छोड्न बाध्य बनाएको अवस्थामा या पावा हारा (पावर हरासमेन्ट) , सेकुहारा (सेक्सुअल हरासमेन्ट) आदिको बारेमा पनि परामर्श गर्न सकिन्छ ।
• श्रमिक संघमा, जुन देशको नागरिक भएपनि, जुन धर्म मान्ने व्यक्ति भएपनि, पुरुष या महिला जो भएपनि, त्यस बाहेकका अन्य कुनै कुराहरु अरु व्यक्ति भन्दा फरक भएतापनि, जो कोहि पनि प्रवेश गर्न सक्नु हुन्छ।

कोलम : मौसम परिवर्तन हुने समयमा होश पुर्याउनु पर्ने कुरा




