सङ्क्रमण रोग त्यस्ता रोगहरू हुन् जसले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छन्, र बिरामीले आफैंले अरुलाई रोग सारिरहेको कुरा थाहा नपाएको हुन सक्छ। यो अध्याय २ मा तपाईंले जापानमा बसोबास र काम गर्ने क्रममा लाग्न सक्ने सङ्क्रमण रोगहरूको बारेमा व्याख्या गरिएको छ, जसमा क्षयरोग (TB) र एचआईभी (HIV) समेत समावेश छन्। साथै, यस भागमा “सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था” जस्तै COVID-19 को बारेमा पनि थप जानकारी दिइएको छ।

क्षयरोग भनेको सही तरिकाले उपचार गरेमा निको पार्न सकिने रोग हो। एचआईभी (HIV) मा औषधि सेवनद्वारा स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ। यदि तपाईंलाई रोग लागेको छ भने, तपाईं आफ्नो नियोक्तासँग सहयोग माग्न सक्नुहुन्छ र आवश्यक समयसम्म स्वास्थ्य लाभका लागि कामबाट बिदा लिन अनुमति पाउन सक्नुहुन्छ।

यदि तपाईं आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्तित हुनुहुन्छ भने, सकेसम्म चाँडो जाँच र परीक्षण गराउनुहोस्, ताकि रोग गम्भीर नहोस् र तपाईं सामान्य रूपमा काम गर्न जारी राख्न सक्नुहोस्।

अस्पतालमा उपचार लिन जाँदा, तपाईंको गोपनीयता र व्यक्तिगत जानकारीको सुरक्षा सुनिश्चित गरिनेछ।

2. 1. मलाई नराम्रो सँग खोकी लागेको छ । मलाई कस्तो रोग लागेको छ होला ?

• खोकिको बिभिन्न कारण हुनसक्छ ।
•तपाईंलाई धेरै दिनदेखिको खोकि, खकारमा रगत, हलुका ज्वरो, तौलमा घटि, कमजोर हुने जस्ता लक्षण छन भने क्षयरोग (टि.बि.) लागेको हुनसक्छ ।त्यसो हो भने तुरुन्तै डाक्टरकोमा गएर जचाउन एकदम जरूरी छ ।
• यदि तपाईंलाई ज्वरो जस्ता COVID-19 लक्षणहरू छन् भने, क्लिनिक वा अस्पतालमा जानु अगाडि सोधेर मात्र जानु होस्।
कोभिड-१९, इन्फ्लुएन्जा, आदि जस्ता सरुवा रोग र क्षयरोग दुबैमा खोकि, सास फेर्न गार्हो हुने, ज्वरो र कमजोरी देखिन सक्छ । एउटामात्रै फरक रोग बढ्ने गती हो । धेरैजसो क्षयरोगको लक्षण देखा पर्न महिनादिन देखी २ बर्षसम्म लाग्छ,
र क्षयरोग संक्रमण भएको १० जनामध्य १-२ जनामा मात्र लक्षण देखिन्छ ।
तर कोभिड-१९, इन्फ्लुएन्जा, आदिको संक्रमण भएको केहि दिनमै लक्षण देखिन सुरु हुन्छ । दुईमध्य जुनपनी रोगको लक्षण देखिएमा छिटोभन्दा छिटो जाँच गरी उपचार गराउन जरुरी छ ।

2. 2. मलाई क्षयरोग लागेको छ भनेर पुष्टी भएपछी के-के हुन्छ त ?

• क्षयरोग औषधीले निको हुने रोग हो । उपचारको समय सामन्यतय ६ महिना हो, तर त्योभन्दा लामो समय पनि लाग्न सक्छ । यदि तपाईंको फोक्सोको क्षयरोगले अरुलाई संक्रमण गर्ने संभावना बढी छ भने, तपाईंलाई केही समयको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ।
उपचार खर्च सार्वजनिक कोषबाट बेहोरिन्छ।
• अस्पतालमा डाक्टरहरुले दिएका निर्देशन सबै अवश्य पालना गर्नुहोला ।
यदी तपाईंको रोगका लक्षण त्यती नराम्रा भैसकेका छैनन भने तपाईंले अस्पतालमा भर्ना नभई ओ पि डि बाटै उपचार पाउन हुन सक्नुहुनेछ । उपचार सुरु भैसकेपछी सधैको जस्तो काममा पनि जान सक्नुहुनेछ ।
रोग लाग्दैमा नेपाल फर्किन नै पर्छ भन्ने छैन ।
क्षयरोग बारे थप जान्नुहोस्!
क्षयरोग लागे पनि कुनै लक्षण नदेखिने अवस्थाहरू पनि छन्। साथै, औषधि खाएर लक्षणहरू नदेखिएको भनेको , निको भएको होइन । यदि तपाईंले क्षयरोगको उपचार बीचैमा बन्द गर्नुभयो भने, तपाईंलाई औषधिले निको नहुने क्षयरोग (औषधि प्रतिरोधी क्षयरोग भनिन्छ) हुन सक्छ।त्यसैले औषधि खान सुरु गरेपछि, निको भएको पुष्टि नभएसम्म तपाईंले हरेक दिन औषधि सेवन गरिरहनुपर्छ।
कहिलेकाहीँ लक्षण देखिनु वा बिरामी हुनुभन्दा पहिले नै क्षयरोगको संक्रमणको निदान गर्न सकिन्छ (जसलाई लेटेन्ट/सुषुप्त क्षयरोग संक्रमण भनिन्छ), र यस्तो अवस्थामा औषधि सेवन गर्नाले लक्षण देखिनु वा बिरामी हुनुबाट जोगिन सकिन्छ ।

फोक्सोको क्षयरोगले गम्भीर भएको अवस्थामा अरुलाई पनि सर्न सक्छ । तर सामान्यतय उपचार सुरु गरेको २ हप्तापछी भने यो रोग अरुलाई सर्ने गर्दैन ।
क्षयरोगका अरु प्रकारहरु पनि हुन्छन । निष्कृय क्षयरोगमा बहिरबाट कुनैपनी लक्षण देखिंदैन तर अरुलाई सर्ने सम्भावना भने हुन्छ ।

क्षयरोग सही औषधी उपचारले निको हुने रोग हो । सही उपचार पाउँदै गर्नुभएको छ भने क्षयरोगका किटाणु जीउबाट बहिर आउन सक्दैनन र धेरैजसो खण्डमा कसैलाई पनि रोग नसारिकन काम जारी राख्न सक्नुहुन्छ । साथै, सार्वजनिक कार्यालयले क्षयरोग लागेको पत्ता लागेका व्यक्तिहरूको नजिकको सम्पर्कको अनुसन्धान गर्नेछ, त्यसैले कृपया यी अनुसन्धानहरूमा सहयोग गर्नुहोस्।

[परामर्श सेवाका सुचि]

【क्षयरोग】

कोउएकि जाइडान होउजिन केक्खाकु केन्क्यूज्यो टाईसाकु सिएनबु गाइकोकूजिन देनवा सोउदान (क्षयरोग अनुसन्धान संस्थान काउन्टरमेजर सहायता विभाग विदेशीहरूको लागि टेलिफोन परामर्श)

* कार्यक्रम सहयोग विभाग, क्षयरोग अनुसन्धान संस्थान

03-3292-1219 (consultation in Vietnamese)
03-3292-1219 (consultation in Vietnamese)
माथी उल्लेख गरिएका दुबै परामर्श सेवा निशुल्क हुन र तपाईंसँग भएको कुराकानी सबै गोप्य रखिने छ ।

थप जान्कारी पाउनुहोस ।

2. 3. मलाई एच. आइ .भि .रोग लागेको हो कि भन्ने शंका छ ।

यदी तपाईंलाई एच .आइ. भि. रोग लागेको शंका छ भने तुरुन्तै जाँच गराउन पर्छ ।एच .आइ. भि .रोग को जाँच सामाजिक स्वास्थ्य संस्थामा नि:शुल्क गराउन सकिन्छ ।

2. 4. मलाई डाक्टरले एच .आइ. भि .रोग लागेको ठहर्यएपछी के-के गर्न पर्छ ?

सकेसम्म चाँडै एच. आइ. भि. रोगको औषधी उपचार सुरु गर्नु भयो भने आजभोलि त लग्भग रोग लाग्नुभन्दा पहिलेको जस्तै जीवन जीउन पाउन सक्नुहुन्छ ।
तपाईंको एच. आइ. भि . टेष्ट पोजिटिभ भएपनी जबसम्म सही उपचार र स्वास्थ्यको राम्रो ख्याल राख्नुहुन्छ, तबसम्म तपाईंको जागिर र भिसा सुरक्षित रहनेछ ।

थप जान्कारी पाउनुहोस!

एच. आइ. भि. रोग धेरैजसो यौन सम्पर्क बाट सर्ने गर्छ । अरु तरिकाबाट त्यती सजिलै सर्दैन । एच. आइ. भि. रोग छ भन्दैमा साथीभाई परिवार बाट टाढिने, जीवन शैलिमा अकस्मात परिवर्तन ल्याउने काम गर्नु पर्दैन ।
आफ्नो वरिपरिका मान्छेलाई एच. आइ. भि. रोग लागेको कुरा भनिरहन पर्दैन । तर तपाईंसँग यौन सम्पर्क गर्ने ब्यक्तिहरुलाई भने जान्कारी गराउनै पर्छ ।

एच. आइ. भि. परीक्षण गर्दा सकारात्मक/पोजेटीभ आएका व्यक्तिहरूका लागि

जापानमा एच. आइ. भि. को उपचार गर्दा एच. आइ. भि. को औषधि निकै महँगो छ।स्वास्थ्य बीमा भन्दा बाहेक को स्वास्थ्य खर्चमा सहायता पाउन को लागि आवेदन दिन पाइन्छ ।
उपचार खर्छ सहायता आवेदनको लागि एच. आइ. भि. परिक्षणको बिस्तृत जान्कारी र अरु लामो प्रक्रीया जरूरी पर्छ । तपाईंलाई बुझ्न गार्हो भयो भने बिशेष गरी एच. आइ. भि. रोग उपचार गर्ने अस्पताल या NPO स्वास्थ्य संस्था गएर बुझ्नुहोला ।
तपाईंलाई एच. आइ. भि. भएको पत्ता लगाएको अस्पतालका कर्मचारीले रोगको उपचार, खर्च, र सहायताका उपायका बारेमा सबै कुरा बुझाउँछन् । सबै कुरा राम्ररी बुझेपछी मात्रै उपचार सुरु गराउनुहोला ।

2. 5. जापानमा एक प्रकारको सरुवा रोग फैलिरहेको कुरा सुनेको भएर जापान जान डर लागिरहेको छ । यसको बारेमा सही जानकारी र उठाउँन पर्ने कदम के-के होलान् त ?

सार्वजनिक स्वास्थ्य संस्था, परराष्ट्र मन्त्रालय, र जानुपर्ने देशको राजदूतावास बाट जानकारी लिनुहोला ।
जापानको दैनिक समाचारमा रुची राख्दा नयाँ जानकारी पाउन सजिलो हुन्छ । तर गलत समाचार धेरै हुने भएकोले पहिले सार्वजनिक संस्थामा बुझ्दा राम्रो हुन्छ ।
जापानमा सजिलै फैलिने संक्रामक रोगहरू धेरैजसो दादुरा, रूबेला र इन्फ्लुएन्जा रोग खोप लगाएर बच्न सकिन्छ ।
तपाईंलाई कुनै रोगको शंका लागेको छ भने नजिकको क्लिनिक वा अस्पताल जानुहोला । मेडिकल परामर्श लिने तरिका (लिन्क्)

थप जानकारी पाउनुहोस्

「सार्वजनिक स्वास्थ्य आपतकाल」भनेको के हो?
कोभिड्-१९ को माहामारीको बेला हामी सबैले थाहा पाएकै छौं कि विश्वब्यापिकरण को बिस्तारमा देश र बिदेशमा सार्वजनिक स्वास्थ्य संकटहरु ठुला समस्या भएका छन् । रोगको माहामारी, प्राकृतिक प्रकोप्, मान्छे लाई गम्भिर चोट पटक र ज्यान गुमाउने घटना को बेलामा सार्वजनिक स्वास्थ्य संकटकाल हुन्छ । कुनैपनी असाधारण परिस्थितिले गर्दा मान्छेको स्वास्थ्यमा पर्ने असरलाई समाज संस्थाले समाधान गर्न नसक्ने अवस्थालाई आपत्कालीन अवस्था भनिन्छ ।
केही उदाहरण तल समावेश छन् ।
•सरुवा रोगका माहामारी: इन्फ्लुएन्जा, दादुरा, बर्ड फ्लु, कोभिड्-१९, इत्यादी ।
• प्राकृतिक प्रकोपले स्वास्थ्यमा पर्ने असर: भूकम्प, सुनामि, बाढि, ताइफुन्, इत्यादी ।• आतन्कवादी कृयाकलाप: बम बिस्फोट्, गोलीवारी, जैविक हातीयार, इत्यादी ।
•धेरै संख्यामा ज्यान जाने गम्भिर दुर्घटना : बिमान दुर्घटना, रेल दुर्घटना, इत्यादी ।
• जापानमा अहिलेसम्म दादुरा, रुबेला र इन्फ्लुएन्जाको प्रकोप (रोग लागेको ब्यक्तिको संख्या बढेको) कुरा जनाइएको छ । माहामारी फैलिन बाट रोक्नलाई हात धुने, मास्क लगाउने र खोप लगाउने जस्ता प्रतिरोधात्मक बिधी अप्नाउन पर्छ ।
जापानमा हरेक जाडो महिनामा इन्फ्लुएन्जा फैलिने गरेको छ । कुनै कुनै कम्पनीले आफ्ना कर्मचारीलाई इन्फ्लुएन्जाको खोप को लागि पर्ने खर्चमा छुट पनि दिने गरेका छन् ।
सार्वजनिक स्वास्थ्य संकटकालको बेलामा जापान सरकार, स्थानिय सरकार र अरु भर्पर्दा स्रोतहरु बाट समाचार पाउन जरुरी छ ।