यदि तपाईं जापानमा काम गर्दै गर्दा बिरामी परेमा के गर्नुपर्छ भन्नेबारेमा अनिश्चित हुनुहुन्छ भने, यस खण्डमा क्लिनिक र अस्पतालमा कसरी जाने भन्ने तरिका तथा स्वास्थ्य बीमा सम्बन्धी नीतिहरूको बारेमा व्याख्या गरिएको छ।
प्राविधिक इन्टरन (技能実習生) हरू पनि जापानका क्लिनिक वा अस्पतालमा गएर उपचार लिन सक्छन्। जापानमा उपचार खर्च महँगो भए तापनि सबैले स्वास्थ्य बीमामा सहभागी हुनुपर्ने भएकाले, स्वास्थ्य बीमा प्रणालीले उपचार खर्चको बोझ घटाउँछ। यदि तपाईंलाई स्वास्थ्य बीमा छ भने, क्लिनिक वा अस्पतालमा भुक्तानी गर्ने रकम वास्तविक खर्चको केवल ३०% मात्र हुनेछ। जापानमा स्वास्थ्य बीमाका दुई प्रकार छन्: “कम्पनी स्वास्थ्य बीमा” र “राष्ट्रिय स्वास्थ्य बीमा”। प्राविधिक इन्टरनहरूले यी दुई मध्ये एउटामा सहभागी हुन्छन्। क्लिनिक वा अस्पताल जाँदा, आफ्नो स्वास्थ्य बीमा कार्ड अवश्य लैजानुहोस्।
यदि तपाईंलाई रुघा–खोकी, चोटपटक, वा दाँत दुख्ने जस्ता लक्षण देखिन्छ भने, लक्षणअनुसार विभिन्न क्लिनिक, अस्पताल वा विशेषज्ञ डाक्टर कहाँ जानुपर्ने हुन्छ।
त्यस बाहेक, तपाईंले औषधि पसल (फार्मेसी) बाट पनि औषधि खरिद गर्न सक्नुहुन्छ। तर, केही औषधि भने डाक्टरले अस्पतालमा प्रेस्क्रिप्शन (निदानपत्र) नदिएसम्म किन्न सकिँदैन।
अवश्य, आवश्यक पर्ने चिकित्सा सेवा (उपचार) प्राप्त गर्न सक्नु हुनेछ। क्लिनिक या अस्पतालमा जाने बेलामा ➡ “ चिकित्सा सेवा (उपचार) प्राप्त गर्ने बिधि (link) मा हेर्नुहोस्। ”
टिप्पणी गर्नुहोस्
के यो व्याख्या उपयोगी थियो?
• स्वास्थ्य बीमा भन्नाले चोटपटक वा बिरामी पर्दा लाग्ने उपचारखर्चलाई सबैले साझेदारी गर्ने प्रणाली हो।
• जापानमा सबैजना कुनै न कुनै प्रकारको स्वास्थ्य बीमामा संलग्न हुनु अनिवार्य छ।
• यो विदेशी नागरिकहरूमा पनि लागू हुन्छ।
• स्वास्थ्य बीमामा संलग्न हुनको लागि, बिरामी नभएको बेलामा पनि मासिक रुपमा स्वास्थ्य बीमा शुल्क भुक्तानी गर्नु अनिवार्य हुनेछ।
• बीमा शुल्क, तपाईले कमाउनु भएको पैसा(तलब) अनुसार फरक हुन्छ ।
• स्वास्थ्य बीमा गर्नु भयो भने, क्लिनिक/अस्पतालहरूमा तिर्नु पर्ने रकम,लागेको जम्मा रकमको 30% मात्र तिरे पुग्छ (70% छुट )।
• तपाईंले क्लिनिक/अस्पतालमा तिर्नु भएको 30% को रकमको हकमा पनि , 「विदेशी प्रशिक्षण व्यापक बीमा」(छोटकरीमा : JITCO बीमा ) समूह आदिमा प्रवेश गर्नु भएको छ भने, सो द्वारा भुक्तानी पाउनु हुनेछ।
• यस अर्थ, तपाई आफैले भुक्तानी गर्नु पर्ने रकम जिरो( 0 ) हुनेछ।
• कृपया यस बारेमा कम्पनीमा बुझ्नुहोस ।
• स्वास्थ्य बीमा अन्तर्गत 「कम्पनीको स्वास्थ्य बीमा 」र「राष्ट्रिय स्वास्थ्य बीमा」गरि
दुई प्रकारका स्वास्थ्य बीमा छन्। यी दुई बीचको भिन्नता तल वर्णन गरिएको छ।
「कम्पनी स्वास्थ्य बीमा」 र 「राष्ट्रिय स्वास्थ्य बीमा」छन् ।
कामदारहरू यी दुई मध्ये कुनै एकमा प्रवेश गर्नु पर्दछ।
D जी, एक निजी फार्ममा (खेत) काम गर्नु हुने भएकोले, राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश गर्नु पर्नेछ।
Aजी, कारखानामा काम गर्नु हुने भएकोले, आफू काम गर्ने कम्पनीको स्वास्थ्य बीमामा प्रवेश गर्नु गर्नु पर्नेछ।
कम्पनीको स्वास्थ्य बीमामा प्रवेश गर्न सकिन्छ कि सकिन्दैनबारेमा आफ्नो कम्पनीमा बुझेर हेर्नु होस्।

बीमा कार्डहरू बनाउने संघको शाखा
• कम्पनी इत्यादीको स्वास्थ्य बीमामा प्रवेश नगर्ने व्यक्तिहरू
• 75 वर्ष भन्दा कम उमेरका व्यक्तिहरू
• 3 महिना भन्दा लामो समय जापानमा बस्नु हुने विदेशी नागरिकहरू
※ विशेष भिसा (टोकुतेइ खाचुदोउ )को चिकित्सा उपचारका लागिको भिसा आदि जस्ता विशेष भिसा भएका व्यक्तिहरु स्वास्थ्य बीमामा प्रवेश हुने अनुमति छैन।

• काम गर्ने कम्पनीमा आवेदन दिनुहोस्।
• मासिक भुक्तान गर्ने बीमा रकम कम्पनीले आधा र तपाइँले आधा तिर्नु पर्नेछ।
• तपाइँले तिर्नु पर्ने बीमा रकम तपाईंको तलब बाट कटौती गरिनेछ।
* यदि तपाईंले कम्पनी छोड्नु भयो भने, कम्पनीको स्वास्थ्य बीमा कार्ड प्रयोग गर्न सक्नु हुने छैन।
* तपाईंले आफ्नो कम्पनी छोड्नु भयो भने पनि, यदि तपाईंसँग निवासी कार्ड (ज्युमिन्ह्यो ) छ भने तपाईंले राष्ट्रिय स्वास्थ्य बीमामा प्रवेश गर्न सक्नुहुन्छ।
• आफु बसि राखेको ठाउँको नगरपालिकामा आवेदन दिनुहोस्।
• बसाई सराई गर्दा वा नयाँ काम सुरु गर्दा, वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।
• मासिक भुक्तानी गर्ने बीमा रकम तपाईंको परिवारको संख्या या कुल आम्दानी अनुसार फरक हुनेछ।
• यदि कुनै विशेष कारणवश बीमा शुल्क कम गर्न चाहनुहुन्छ भने, कृपया वडा कार्यालयमा परामर्श गर्नुहोस्।
लागेको स्वास्थ्य खर्चको 30 %
• ※बच्चा या वृद्धहरुको हकमा फरक हुनेछ।
• ※कानुन संशोधनको कारण परिवर्तन हुन सक्नेछ।
लागेको स्वास्थ्य खर्चको 30 %
• ※बच्चा या वृद्धहरुको हकमा फरक हुनेछ।
• ※कानुन संशोधनको कारण परिवर्तन हुन सक्छ।
हो, छ।


※आफु एक्लैले प्रक्रिया गर्न गार्हो हुन सक्छ। त्यसैले अस्पतालको सामाजिक कार्यकर्तासँग परामर्श गर्नुहोस्।अथवा, आफ्नो वरिपरि रहेका जापानी वा विदेशीहरूसँग परामर्श गरेर हेर्नुहोस्।
अध्याय 0 मा रहेको 【परामर्श केन्द्र सूची 】 मा सूचीबद्ध कार्यालयहरू मार्फत पनि सहयोग प्राप्त गर्न सक्नुहुन्छ।
साधारणतया सम्भव छैन। अवस्था हेरी (नगद थोरै मात्र भएको बेला, केहि अंश मात्र भुक्तानी गरि, अर्को दिन बाकि रकम भुक्तानी गर्ने आदि )सम्भव हुनसक्ने भएकोले क्लिनिक/अस्पतालमा भुक्तानी गर्ने बेला सोधेर हेर्नुहोस्।
रुघा लाग्ने, पेट दुख्ने जस्ता साधारण लक्षण भएको बेला, नजिकैको क्लिनिकमा जानुहोस्।
गम्भीर रोग या लक्षण वा ठूलो चोटपटक लागेको बेलामा भने, कृपया अस्पताल जानुहोस्।
रुघा लाग्ने, पेट दुख्ने जस्ता साधारण लक्षण

क्लिनिक/स्वास्थ्य चौकी
रिफर लेटर (चिठी)
गम्भीर रोग पत्ता लागेको बेला
शल्यक्रिया वा अस्पताल भर्ना हुन आवश्यक भएको बेला
गम्भीर रोग या लक्षण वा ठूलो चोटपटक

ठूलो अस्पताल (जेनेरल अस्पताल)
अस्पताल: भर्ना गर्ने वेड 20 वा सो भन्दा बढी भएको
क्लिनिक: भर्ना गर्ने वेड 19 वा सो भन्दा कम भएको
※200 वा सो भन्दा बढी बेडहरु भएको ठूलो अस्पतालमा जानका लागि यदि तपाईं संग 「रिफर लेटर (चिठी)」नभएको खण्डमा, उपचार खर्च बाहेक 1000 येन ~8000 येन जतिको थप शुल्क लाग्नेछ।
जापानमा, जो कोहीले कुनै पनि क्लिनिक/अस्पतालमा उपचार गर्न सक्नु हुन्छ।
यी वेबसाइटहरूमा स्वास्थ्य उपचार गराउँदा आवश्यक हुनसक्ने जानकारीहरु भएकोले राखिएको हुनाले आवश्यक परेको खण्डमा हेर्नुहोस।
चिकित्सा संस्थाको सहायक फाराम – थप चिकित्सा परीक्षण प्रश्नावली फारम_भियतनाम.pdf
अस्पताल जाँदा, कृपया पैसा (नगद) र वैध स्वास्थ्य बीमा कार्ड वा सो सरहको कागजात (जस्तै योग्यता पुष्टिकरण पत्र वा स्वास्थ्य बीमा कार्ड भएको माई नम्बर कार्ड) ल्याउनुहोस्। यदि कुनै थाहा नपाएका कुरा भएको खण्डमा , कृपया आफ्नो वरपरका मानिसहरूलाई सोध्नुहोस्।
लागू भएमा लग्नु पर्ने कुराहरू: हाल खाई रहनु भएका औषधिहरु, विगतको स्वास्थ्य परीक्षणको नतिजा/रिपोर्ट , चिकित्सा जाँच तथा रोगको बारेमा लेखिएको कागजात (रिपोर्ट), आदि।t)
• ※परिचयपत्र (जाइर्यू कार्ड या राहदानी) पेश गर्नु पर्ने अवस्था आउन सक्ने भएकोले, सँगै लग्ने गर्नुहोस्।
• ※स्वास्थ्य बीमा कार्ड नलग्नु भएमा वा स्वास्थ्य बीमामा सामेल नहुनु भएको अवस्थामा , सम्पुर्ण रकम आफैंले भुक्तानी गर्नु पर्नेछ।
तपाईं जाने चिकित्सा विभाग तपाईंको रोग वा चोटपटक अनुसार निर्धारण गरिनेछ।
सन्चो नभएको बेलामा यस्तो गरौं ! 3 स्टेप !!
सन्चो नभएको बेलामा, लक्षण खराब हुन अघि नै नजिकैको क्लिनिक/अस्पतालमा स्वास्थ्य परिक्षण गरौं।
सकेसम्म चाँडो आफु निकटको व्यक्ति सँग परामर्श गरौं , एक्लै चिन्ता लिएर नबसौं।
सर्वप्रथम, नजिकै बस्नु हुने जापानी व्यक्ति या कम्पनीको मालिकसँग क्लिनिक/अस्पतालको बारेमा परामर्श गर्ने गरौं।
यदि STEP 1 गाह्रो भएमा, क्लिनिक/अस्पतालको बारे जानकारी दिने परामर्श केन्द्र खोजी फोन गर्नुहोस्।
सकेसम्म नजिकैको क्लिनिक/अस्पतालमा गई जचाउनु होस्!
‐ स्मार्टफोन (Google म्याप आदि)बाट नजिकैको क्लिनिक/ अस्पतालहरू खोज्नुहोस्। आँट गरि आफै गएर सोध्न जानु भयो भने सबै भन्दा राम्रो उपचार गर्ने ठाउँ भेट्टाउन सजिलो हुन्छ होला ।
[【परामर्श केन्द्र सूची】]
अध्याय 0 को 【परामर्श केन्द्र सूची】मा भएको परामर्श केन्द्रबाट पनि परामर्श लिन सक्नुहुन्छ।
थप रूपमा, तपाईं यो पनि हेर्न सक्नुहुन्छ “युबिसाशी संवाद पुस्तक (भियतनामी)”।
औषधि पसल (फार्मेसी) मा किन्न सकिन्छ। डाक्टरले स्वास्थ्य जाँच गरेपछि आवश्यक औषधि लेखी दिनु भयो भने, सो औषधि लेखेको कागज (प्रिस्क्रिप्शन) लिएर औषधि पसल (फार्मेसी) मा जानु भयो भने किन्न सक्नु हुनेछ।
फार्मेसीहरूमा फार्मासिस्ट भनिने औषधिका विशेषज्ञ हुन्छ। आफुलाई आवश्यक पर्ने औषधि किन्न पाइन्छ कि पाइन्न या कस्तो औषधि किन्दा उचित होला?, औषधि खाने तरिका या अस्पतालमा जाँच गराउने तरीकाको बारेमा नबुझेको कुरा फार्मासिस्टलाई सोध्नसक्नु हुनेछ।
जापानमा एक महिना भन्दा बढीको लागि औषधि ल्याउँदा वा आफ्नो देशबाट (औषधि) मगाउन विशेष प्रक्रिया (Import Confirmation Certificate) आवश्यक पर्छ। साथै, जापानी कानुनअनुसार आफुले लिएर आएको औषधि, साथी या चिनेका व्यक्तिलाई दिने , बेच्ने जस्ता कार्य निषेधित छ। बिल्कुलै नगर्नुहोस्।
स्वास्थ्य बीमामा छिर्ने नपाउने हुँदा, जापानको अस्पतालमा जानु भएको खण्डमा चिकित्सा खर्च सबै स्वयं आफैले बेहोर्नु पर्छ र धेरै पैसा लाग्न सक्छ।
• भागिरहेको अवस्थामा पनि बिरामी भएको बेलामा स्वास्थ्य जाँच गराउनु , औषधि लिनु तपाईंको आफ्नो जिउज्यान बचाउनको लागि महत्त्वपूर्ण कार्य हो।
• भाग्नु पर्ने अवस्था आएको खण्डमा या काम छोडि सकेपछि बिरामी भएको अवस्थामा, सहयोगी संस्थाहरूसँग परामर्श गर्नुहोस्।
• बीमा नभएको अवस्थामा बिरामी भएको खण्डमा, आफुले तिर्नु पर्ने रकमलाई थोरै कम गरिदिने अस्पताल पनि छन्।
• तर, त्यस्ता अस्पतालहरु थोरै मात्र भएको र यसका प्रक्रियाहरु पनि झन्जटिलो हुने हुनाले कुनै सहयोगी संस्थासँग परामर्श गर्नुहोस्।
तोमोइकी जापान-भियतनाम समर्थन संघ
तपाईंले निम्न QR कोड प्रयोग गरेर फेसबुकबाट मेसेन्जर मार्फत सल्लाह माग्न सक्नुहुन्छ
(जापानी भाषामा सुरु गर्दै, तर भियतनामी भाषा प्रयोग गर्न सक्नुहुन्छ)
